राजनीति

सरकारको मुख्य प्राथमिकता सुशासन र विकास: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए । गोरखामा निर्माणस्थल रहेको माछाखोला जलविद्युत आयोजनाको आज विद्युतीय माध्यमबाट उद्घाटन गर्दै उहाँले सरकारको ध्यान सुशासन, सामाजिक न्याय र विकासमा केन्द्रित हुने बताए । प्रधानमन्त्री दाहालले विगतमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको भए पनि यसपटक आफूहरुले स्थायित्व दिनेमा विश्वस्त तुल्याए । “यो वर्ष चुनावी वर्षका रुपमा बित्यो । वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश र सङ्घको अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन प्रक्रिया… पुरा पढौ

रास्वपाको केन्द्रीय कमिटी बैठक बस्दै

चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनको तयारीलगायतका विविध विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय वसुन्धारामा आज बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले जानकारी दिए । उनले बैठकमा मुलुकको पछिल्लो राजनीति समीकरण, आसन्न राष्ट्रपति पदको निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुने बताए । रासस पुरा पढौ

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । रासस पुरा पढौ

प्रधानमन्त्री प्रचण्डलाई थप तीन मन्त्रालयको कार्यभार

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि खाली भएको मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाल्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा आज विभिन्न तीन मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्रीले शनिबार प्रधानमन्त्री दाहाल समक्ष राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरूमा उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय… पुरा पढौ

आठ दलको सहमति राष्ट्रिय सहमतिकै प्रारूप हो : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार संसद्मा प्रतिनिधित्व गर्ने आठ दलबीच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीका अवसरमा आज आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिको विचार’ विषयक विचारगोष्ठीमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । विचारगोष्ठीलाई सम्बोधन गर्दै उनले भने, “हिजो संसद्का आठ दलबीच जुन सहमति भएको छ, ऐतिहासिक छ, त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो । संसद्को सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ, दोस्रो ठूलो दलको सभामुख र राष्ट्रियसभाको अध्यक्ष… पुरा पढौ

एमालेले राष्ट्रपति उम्मेदवार नेम्वाङलाई सहयोग गर्न दलहरुलाई पठायो पत्र

काठमाण्डौं । नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवारलाई सहयोग गर्न नेपाली कांग्रेसबाहेक संसद्मा सहभागी रहेका सबै राजनीतिक दललाई औपचारिक पत्र पठाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले कांग्रेसबाहेक संसद्मा रहेका सबै राजनीतिक दलसहित स्वतन्त्र सांसदलाई एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न अनुरोध गर्दै पत्र पठाएको जानकारी दिए । उनका अनुसार राजनीतिक दल र स्वतन्त्रसहित १७ पत्र पठाइएको छ । अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय स्वतन्त्र… पुरा पढौ

नेम्वाङ अनुभवी र योग्य उम्मेदवार: अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको अनुभव सँगाल्नु भएको योग्य उम्मेदवार भएको बताएका छन् । एमालेका तर्फबाट नेम्वाङले राष्ट्रपतिको पदमा आज उम्मेदवारी दिएका हुन् । नेम्वाङको उम्मेदवारी दर्तापछि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका सफल राजनीतिज्ञ भएको बताए । अध्यक्ष ओलीले भने, “नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छाँै । हामीले दलीय… पुरा पढौ

राप्रपाका मन्त्रीद्वारा राजीनामा

सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएका छन्। आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहले राजीनामा दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राप्रपाको आज बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले राष्ट्रपति निर्वाचनमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै… पुरा पढौ

नेपाल समाजवादी पार्टीले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई मत दिने

नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ । नेसपाको आज बसेको पदाधिकारी बैठकले आगामी फागुन २५ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेललाई मत दिन निणर्य गरेको सो पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको थियो । यस्तै नेसपाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निणर्य पनि गरेको छ । रासस पुरा पढौ

सत्ता गठबन्धनलाई निरन्तरता दिने एमालेको निर्णय

नेकपा (एमाले)ले राष्ट्रपतिको निर्वाचनसम्मका लागि अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको १७औँ सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते भएकाले उक्त समयसम्म अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । “यही फागुन २५ गतेसम्म राष्ट्रपति चयनको मिति तोकिएकाले त्यो बेलासम्म यही गठबन्धनलाई निरन्तरता दिन्छौँ”, उनले भने, “पुस १० गते जे सहमति भएको थियो । त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।”… पुरा पढौ