फाइल तस्विर
नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएको छ ।
नेसपाको आज बसेको पदाधिकारी बैठकले आगामी फागुन २५ गते हुने निर्वाचनमा कांग्रेसका उम्मेदवार पौडेललाई मत दिन निणर्य गरेको सो पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए। कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको थियो ।
यस्तै नेसपाले राष्ट्रपति निर्वाचनका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निणर्य पनि गरेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







