राजनीति

रास्वपाको स्थगित प्रदेश सङ्गठन विस्तारसम्बन्धी बैठक पोखराबाट शुरु हुने

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थगित प्रदेश अन्र्तगतको सङ्गठन विस्तारसम्बन्धी बैठक पोखराबाट पुनः शुरु गर्ने गरि कार्यतालिक सार्वजनिक गरेको छ । पार्टीका सभापति रवि लामिछानेको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समितिको बैठकले माघ २१ देखि प्रदेश अन्र्तगतको सङ्गठन विस्तारलाई पुन: गण्डकी प्रदेशको पोखराबाट शुरु गर्र्नेे निर्णय गरेको पार्टीका महामन्त्री तथा प्रवक्त डा. मुकुल ढकालले जानकारी दिए । पार्टीले माघ १४ गते शनिबारदेखि सङ्गठन विस्तारसम्बन्धी बैठक प्रदेश १ को विराटनगरबाट शुरु गर्ने तयारीमा रहँदा पार्टी सभापति लामिछानेलाई सर्वोच्च अदालतले नागरिकता विवादमा… पुरा पढौ

राष्ट्रिय स्वतन्त्रता पार्टीले गृहमन्त्रालयमा दावी यथावत राख्ने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बनेको बताएका हुन् । आज बसेको बैठकको निर्णयबारे जानकारी दिँदै लामिछाने सभापतिमा फर्किएपछि पार्टीले गति प्राप्त गरेको र गृह मन्त्रालयमा पार्टीको दाबी यथावत् रहेको उनले बताए । उनले भने, “पार्टी सभापतिमा रवि लामिछाने सर्वसम्मतिले चयन हुनुभएको छ । परिस्थिति वा समस्या हाम्रो पार्टीभित्र आएको थियो । वर्तमान सहयात्री दलमा आएको समस्या हैन… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर… पुरा पढौ

राष्ट्रिय स्वतन्त्रता पार्टीको सभापतिमा पुन: रवि लामिछाने नियुक्त

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिमा नियुक्त गरेको छ । पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले लामिछाने पुनः सभापति बनेको जानकारी दिए । कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा बसेको बैठकले उनलाई राजीनामाको ४८ घण्टा नबित्दै सभापतिमा लामिछानेलाई पुनस्स्थापित गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो । पुरा पढौ

पर्याप्त बजेट विनियोजन नहुदा वडा भित्रको समस्या सम्वोधन गर्न चुनौती छ: वडाध्यक्ष घर्तीमगर

कविता घर्तीमगर,बागलुङ । गत बैशाख ३० गतेको स्थानिय चुनावबाट निर्वाचन भैसकेपछि विभिन्न स्थानका जनप्रतिनीधिहरुले आफ्नो क्षेत्रका विकासे योजनाहरु कसरी अगाडी बढाउने भन्दै दौडधुपमा रहेका छन् । वडा कार्यलयःनिसीखोला ५ केन्द्र सरकारबाट विनियोजन भएका सिमित बजेटबाट वडा भित्रका विभिन्न दिगो विकासका योजनाहरु सम्बोधन गर्न जनप्रतिनीधिहरुलाई चुनौती समेत रहेको छ । हालसम्म बजेटले भ्याएसम्म वडा भित्रका सिमित आवश्यकताहरु मात्रै सम्वोधन भैरहेको बागलुङको निसीखोला गाउँपालिका वडा ५ का वडाध्यक्ष हर्कमन घर्तीमगरले बताए । “स्थानिय सरकारकारलाई विनियोजन भएको बजेटका शिर्षक अनुरुप हामीले कार्यसम्पादन गर्दैछौ… पुरा पढौ

रवि लामिछानेले लिए नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि दर्ता गरेको र उनले आज दिउँसो नागरिकता लिएको जानकारी दिए । साढे ११ बजेतिर कार्यालय पुग्नुभएका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र लिएका हून । सर्वोच्च अदालतले शुक्रबार नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरेको भन्दै सांसद पद बदर गरेको थियो । सो फैसलासँगै उनकाे सांसद, मन्त्री… पुरा पढौ

महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरूरी : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताउएका छन्। मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, “तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो । यहाँ तपाईंहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे(जति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ ।” प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताए । “यो न्यायोचित माग… पुरा पढौ

अनेरास्ववियुले महाधिवेशन प्रचारमा भित्तेलेखन नगर्ने

नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाले जानकारी दिए । उनका अनुसार प्रचार सामग्री बनाउँदा सहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गर्ने उनको भनाइ छ । महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुनेछ । महाधिवेशनलाई सूचना प्रविधीमैत्री बनाउन डिजिटल सामग्री निर्माण गर्ने र काठमाडौँका मुख्य स्थान त्रिपुरेश्वर, कलङ्की, दरबारमार्ग, चाबहिलमा ‘डिजिटल डिस्प्ले’मार्फत प्रचार गरिने उनले बताए ।… पुरा पढौ

गङ्गालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको २७औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्रीले भने, “तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख् । यसको प्रक्रियाबारे सरकारले पनि गम्भीरतापूर्वक लिनेछ । तपाईंहरू पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् यसको प्रक्रिया बुझ्नुहोस् । सरकार यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्न प्रतिबद्ध छ ।” प्रधानमन्त्रीले गङ्गालाल हृदय केन्द्र नेपाली जनताको आशा र… पुरा पढौ

स्थापना दिवसका अवसरमा प्रेस सेन्टरको प्रभातफेरी

प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो । विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागिएको सङ्गठनका महासचिव… पुरा पढौ