सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तारूढ गठबन्धनकै नेतृत्वमा स्थिर सरकार बन्ने बताउनुभएको छ । मन्त्रालयले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले गठबन्धनको नेतृत्वमा सरकार निर्माण गर्नु मुलुकको आवश्यकता भएको र त्यो आवश्यकतालाई जनताले स्वीकृति प्रदान गरिसकेको बताउनुभयो । “अहिले गठबन्धनको सरकार बन्छ, गठबन्धन मुलुकको आवश्यकता भएको छ, त्यो आवश्यकतालाई जनताले स्वीकृति पनि प्रदान गरेका छन्, त्यसैले जनताको अपेक्षाअनुसार अब बन्ने गठबन्धनको सरकारले मुलुकलाई पाँच वर्षभित्रमा समृद्धिको दिशामा जाने आधार स्थापित गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।…
पुरा पढौ