राजनीति

नवनिर्वाचित जनप्रतिनिधि : खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन्। बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभा सांसद घरदैलोमा पुगेर धन्यवाद दिन थालेका हुन्। विजयी उम्मेदवार समयतालिका बनाएरै मतदाताको घर–घरमा पुगेका छन् । बागलुङ–१ बाट निर्वाचित भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, बागलुङ–१ (१)मा विजयी बनेका दीपेन्द्रबहादर थापा र बागलुङ–१ (२) बाट निर्वाचित डिल्लीराम सुवेदी मतदाताको घर–घरमा धन्यबाद दिँदै पुगिराखेका छन्। बागलुङ–१ (१)बाट निर्वाचित थापाले यो जित जनताको भएको… पुरा पढौ

सुनसरी–१ मा जनता समाजवादीका अशोक राई विजयी

सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई ४५३ को झिनो मतान्तरले पराजित गर्दै राई विजयी बनेका हुन्। राईले १७ हजार ५९ मत ल्याउँदा तामाङले १६ हजार ६०६ मत ल्याएकी छन्। नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अशोककुमार राईले ७ हजार ७७४ मत पाएका छन्। पुरा पढौ

प्रत्यक्षतर्फ १५७ सिटको छिनोफानो, कांग्रेसको अग्रता कायमै

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझ ७ बजेसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली कांग्रेस ५३, नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १७, नेकपा (एकीकृत समाजवादी) १० क्षेत्रमा विजयी भएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समान सात, जनता समाजवादी पार्टी छ, लोकतान्त्रिक समाजवादी पार्टी चार, नागरिक उन्मुक्ति पार्टी तीन,… पुरा पढौ

दोलखामा निष्पक्ष निर्वाचन हुन नसकेको आयोगको निष्कर्ष

काठमाण्डौ । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका–२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका–३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो । त्यसैगरी सोही गाउँपालिका–६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः… पुरा पढौ

माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत

नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ । जारी मतगणनामा नेकपा (एमाले) २४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार नौ सय ८३ मत प्राप्त गरेको छ । आज अपराह्न तीन बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र तेस्रो स्थानमा… पुरा पढौ

अपराह्न ३ बजेसम्म माओवादी केन्द्रलाई समानुपातिकतर्फ १० लाख मत प्राप्त

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फ १० लाख पाँच हजार छ सय ७९ मत प्राप्त गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म ८७ लाख ७४ हजार छ सय ६१ मतगणना सम्पन्न भएको छ । जारी मतगणनामा नेकपा (एमाले) २४ लाख १३ हजार दुई सय २२ मत प्राप्त गरी पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख ९४ हजार नौ सय ८३ मत प्राप्त गरेको छ । आज अपराह्न तीन बजेसम्मको विवरणअनुसार समानुपातिकतर्फको मतमा माओवादी केन्द्र… पुरा पढौ

गण्डकी प्रदेश: प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र - २ मा राजिव गुरुङ निर्विरोध निर्वाचित भए । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका कारण त्यहाँ मतगणना सुरु हुन सकेको छैन ।… पुरा पढौ

गण्डकी प्रदेश: प्रत्यक्षमा कांग्रेस, समानुपातिकमा एमाले पहिलो

पोखरा । गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र९२० मा राजिव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको थियो । स्याङ्जा क्षेत्र नं २ मा नेकपा एमालेले निर्वाचनमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेका कारण त्यहाँ मतगणना सुरु हुन सकेको छैन… पुरा पढौ

अपराह्न १२ बजेसम्म समानुपातिकतर्फ ८४ लाख मत गणना

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा९एमाले०ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा ९माओवादी केन्द्र०ले नौ लाख ६९ हजार तीन… पुरा पढौ

तीन जिल्ला बाहेकको मत परिणाम मङ्सिर १३ गतेसम्म आइसक्ने

काठमाडौ । यही मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भई निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा रहेको छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार आइतबार दिउँसोसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५३ स्थानमा जित हासिल गरेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै नेकपा (एमाले) ४१ स्थानमा विजयी भएको छ भने दुई स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०,… पुरा पढौ