राजनीति

म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन

म्याग्दी । यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक मतपत्र धेरै बदर भएको छ । प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ । छयासी हजार एक सय २० जनामध्ये ५० हजार तीन सय ७८ अथवा ५८.७८ प्रतिशत मत खसेको थियो । कुल खसेको मत सङ्ख्या प्रतिनिधिसभाको समानुपातिकमा मात्र मतदान… पुरा पढौ

सोमाली सेनाद्वारा १५ अल–शबाब लडाकु मारिए

अन्तर्राष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल–शबाबका १५ लडाकू मारिएका छन्। सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल–शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो। ‘खावारीज (अल–शबाब) ले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब सहरमा भएको लडाईमा भारी पराजय भएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ। त्यसैगरी, सेनाले ३ कार बमहरू पनि नष्ट गरेको छ।… पुरा पढौ

रामेछापबाट प्रतिनिधिसभा सदस्यमा काँग्रेसका पूर्णबहादुर विजयी

काँग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणना परिणामअनुसार ५ दलीय गठबन्धनबाट उम्मेदवार तामाङले ढुंगेलमाथि १६ हजार ३ सय ६९ को मतान्तर निकाल्दै विजय हात पारेका हुन्। निर्वाचन आयोगका अनुसार तामाङले ४७ हजार ९८ मत प्राप्त गरेर जित हासिल गर्दा एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन्। रामेछापका काँग्रेस नेता तामाङ रामेछाप जिल्ला पार्टीको पूर्व सभापति समेत हुन्। पुरा पढौ

महोत्तरी–१ प्रतिनिधिसभा सदस्यमा एमालेका लक्ष्मी महतो निर्वाचित

महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमाले उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका छन्। नेकपा एमाले–जसपा गठबन्धनका महतोले निकटतम प्रतिद्वन्द्वी बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलमाथि १ हजार ३० मतान्तरले जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा महतोले २३ हजार ४०२ मत प्राप्त गरे भने माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पोखरेलले २२ हजार ३७२ मत ल्याए। पुरा पढौ

समानुपातिकतर्फ एकीकृत समाजवादीको कट्यो २ लाख मत

नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ २ लाख मत कटाएको छ। माधव कुमार नेपाल नेतृत्वको ७९ लाख १५ हजार ७०२ मत गणना सकिँदा एकीकृत समाजवादी पार्टीले २ लाख ३३३ मत पाएको हो। सम्पन्न निर्वाचनबाट थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने उद्देश्य एकीकृत समाजवादीले लिएको छ। पुरा पढौ

इलाम २ मा एमालेका सुवासचन्द्र नेम्वाङ विजयी

इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङले ३० हजार २० मत प्राप्त गर्दा नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका खड्काले २९ हजार ९० मत प्राप्त गरे । यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार यामप्रसाद लिम्बुले ७२४, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ५१०, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणि माङ्मु लिम्बुले ६९ मत पाएको निर्वाचन… पुरा पढौ

चुनावमा धाँधली भएको नेकपा ए स का नेता खनालको आरोप, पुन मतदानको माग

इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए । आज पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।”उनले निर्वाचन ऐनअन्तर्गत त्यो… पुरा पढौ

‘पराजयको जिम्मेदवारी मै लिन्छु, दोष कसैलाई दिन्न’ : पहारी

पोखरा । गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर ३ मा आफु पराजित भएसंगै उनले विजयी उम्मेदवार गठबन्धनका साझा उम्मदेवार प्रकास बराललाई बधाई ज्ञापन समेत गरे । ‘लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाबिक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनता बाट जिम्मेवारी प्राप्त गर्नु हो र उप बिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई छ… पुरा पढौ

पोखराको एभरेस्ट एफएमले मनायो दोश्रो वार्षिकोत्सव

पोखरा, मंसिर १० पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले मानव सेवा आश्रम पोखरा–२५ हेमजाका लागि एउटा कोठा निर्माण गरिदिने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको दोश्रो वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा एभरेस्ट कक्ष निर्माण गर्ने घोषणा गरिएको हो । आश्रम प्राङ्गणमै आयोजित वार्षिकोत्सव विशेष कार्यक्रममा एफएमले कक्ष निर्माणका लागि लाग्ने सवा पाँच लाख रकम मध्ये पहिलो किस्ता स्वरुप १ लाख रुपैयाँ शनिबार हस्तान्तरण गरेको छ । कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी… पुरा पढौ

प्रधानमन्त्री देउवा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र सहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ । रासस पुरा पढौ