राजनीति

गठबन्धन सरकारको कुनै गन्तव्य र उदेश्य छैन: ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उदेश्य नरहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले तथ्य भन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको बताए। उाले अहिले देशको बिद्रुप रुप देखापरिरहेको बताए । उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको… पुरा पढौ

मङ्सिर ४ को निर्वाचन देश बनाउन महत्वपूर्ण : एमाले अध्यक्ष ओली

काठमाण्डौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचन देश बनाउने मामिलामा निकै महत्वपूर्ण रहने बताएका छन् । आज ओली निवास बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा उनले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्वपूर्ण हुने बताए । देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरे… पुरा पढौ

भ्रष्टाचारको प्रभाव कम्युनिस्ट आन्दोलनमा देखा पर्दैछ : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्न जरुरी रहेको बताएका छन् । अखिल नेपाल महिला सङ्घ समाजवादीद्वारा विभिन्न पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले राजनीतिक र प्रशासनिक क्षेत्रमा भइरहेका भ्रष्टाचारले अन्तर्राष्ट्रिय तहमा नेपालको छवि नकारात्मक बनेको बताए । राजनीतिमा फैलिएको यस्तो रोग कम्युनिष्ट आन्दोलन र आफ्नो पार्टीमा पनि देखापरेको उनको भनाइ थियो । “अवसर पाइन्न भन्ने लाग्यो भने तुरुन्तै अन्तै हाम फल्ने प्रवृत्ति देखिएको छ । यी सबै चिजबाट होसियार हुनुपर्छ”, उनले… पुरा पढौ

वडा अध्यक्ष क्षेत्रीद्वारा विद्यालयललाई सहयोग

पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष अमृत क्षेत्रीले आफ्नो तलव भत्ता वापतको आंशिक रकम एक विद्यालयललाई सहयोग गरेका छन् । क्षेत्रीले एक कार्यक्रमकाविच स्याङ्जाको फेदीखोला १ स्थित पर्सेभाटीमा अवस्थित शिवालय आधारभुत विद्यालयलाई ३२ हजार रुपैयाँ प्रदान गरेका हुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद पराजुली, निमित्त प्रध्यानाध्यापक शान्तदेवी न्यौपानेलाई रकम हस्तान्त्रण गरे । अतन्तै आर्थिक अभावमा सञ्चालन हुँदै आएको विद्यालयलाई क्षेत्रीले आफूले प्राप्त गर्ने सेवा सुविधाको रकमबाट निजी स्रोतका एक जना शिक्षकको तलव भत्ता… पुरा पढौ

थप अधिकारका लागि महिलाहरु नै संगठित हुनुपर्दछः उपसभामुख शर्मा

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले संवैधानिक अधिकारको अधिकतम उपयोग गर्दै थप अधिकारका लागि महिलाहरु नै लाग्नुपर्ने बताएका छन्। महिला मात्र सेयर सदस्य रहेको सिद्धि विनायक महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ साधारणसभाको उद्घाटन गर्दै शर्माले अधिकार प्राप्तिका लागि महिलाहरु संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिइन्। सहकारीको माध्यमबाट महिलाहरु नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनुपर्नेमा जोड शर्माको जोड थियो। शर्माले उत्पादित वस्तुको बजारीकरणमा ३ वटै तहका सरकार जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइन्। ‘निर्वाचनमा गठबन्धन हुँदा महिलाका हकअधिकार खोसिन हुनुहुँदैन,’ शर्माले… पुरा पढौ

राजस्व परामर्श विकास समिति (गठन) आदेश खारेज

काठमाण्डौं । सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यही असोज ११ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे आज जानकारी दिँदै केचना कञ्चनजङ्घा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय गरिएको बताए मन्त्रिपरिषद्ले ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्य पदमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जङ्गबहादुर डाँगीलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ । “कास्की जिल्लास्थित करुवा सेती जलविद्युत् आयोजना (३२ मेगावाट) निर्माणका लागि… पुरा पढौ

आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते आइतबारका दिन एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । आयोगले आचारसंहिता कार्यान्वयनको सम्पूर्ण व्यवस्था मिलाउन तीनवटै तहका सरकार, विभिन्न व्यक्ति, निकाय र अधिकारीलाई निर्देशन दिएको छ । आयोगले नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र… पुरा पढौ

शिक्षामन्त्रीद्वारा आणविक ऊर्जासम्बन्धी कार्यक्रममा हस्ताक्षर

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रमको ९सिपिएफ० कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् । अष्ट्रियामा जारी उक्त कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपीएफ)मा हस्तारक्षर गरे । हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आइएइए०मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी तथा वातावरण, ऊर्जा तथा उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग मिल्नेछ । सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएइएको ६६ औँ महासभालाई… पुरा पढौ

दल र उम्मेदवारको खर्चको सीमा तोकिँदै

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताबमोजिम आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र दलहरुले खर्च गर्न पाउने अधिकतम सीमा तोक्ने गृहकार्य गरेको छ । उक्त खर्चको हद तोक्ने सम्बन्धमा आज आयोगले राजनीतिक दलसँग परामर्श लिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तोकिएको खर्चको हद बढाउनुपर्ने, फरक फरक निर्वाचन क्षेत्रका लागि एउटै खर्च सीमा हुन नहुनेजस्ता दलहरुबाट प्राप्त सुझावलाई छलफल गरेर निर्णय गरिने बताए ।… पुरा पढौ

मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक ः गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा सुशासन कायम गर्न संविधानको पालना आवश्यक रहेकामा जोड दिए । रिपोर्टस् क्लब नेपाल लुम्बिनीको पाँचौँ स्थापना दिवसका अवसरमा आज बुटवलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उनले संविधानले गरेका व्यवस्थाको पालना भएमात्रै समाजमा सुशासन कायम हुने बताए । “संविधानप्रति प्रतिबद्धता गरौँ र सुशासनको पालना गरौँ । संविधानको पालना नभए सुशासन हुँदैन”, उनले भने । गृहमन्त्री खाणले कुनै पनि नागरिक नागरकिताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार गरेको उल्लेख गरे… पुरा पढौ