पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याईएका १०२ वटा शव मध्ये २१ जनाको पोस्टमार्टम भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै बाढीबाट ज्यान गुमाउनेहरू मध्ये तनहुँबाट २३, गोरखाबाट ११, गैंडाकोटबाट ४१ र धादिङबाट २७ जनाको शव प्राप्त भएको जानकारी दिएको छ । त्यस मध्ये हालसम्म २१ जनाको पोस्टमार्टम सम्पन्न भएको र ८१ जनाको गर्न बाँकी रहेको जनाईएको छ । पोस्टमार्टम सम्पन्न भएकामध्ये २ बच्चा र ७ वयस्क गरी ९ जनाको शव नेपाल मणिपाल शिक्षण अस्पताल पठाइएको छ । हालसम्म ३ जनाको शव पहिचान भई आफन्तले बुझिसकेको पनि अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिहिबारदेखि विशेषज्ञ चिकित्सकहरूबाट शवहरूको परीक्षण, पहिचान र पोस्टमार्टम गरी परिवारलाई बुझाउने काम सुरु गरेको जनाएको छ । अस्पताल प्रशासनका अनुसार विशेषज्ञ चिकित्सकको टोलीले शवहरूको सूक्ष्म परीक्षण र पहिचानको काम गरिरहेको छ । अस्पतालले शवहरूको विस्तृत विवरण क्रमशः सार्वजनिक गर्दै जाने बताएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २० भदौनिशुल्क स्वास्थ्य शिविरलाई अभियानकै रुपमा अघि बढाएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी…





