राजनीति

युवा उद्यमशीलताको विकास गर्नुपर्छ– प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलताको विकास गर्नुपर्नेमा जोड दिएका छन । अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए । विभिन्न पुस्तामा रहेका सीप तथा क्षमता युवालाई हस्तान्तरण गरी नयाँपुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उनले मुलुकका सबै जाति समुदायलाई एकापसमा एकताबद्ध बनाएर शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण गर्न युवा दिवसले प्ररेणा प्रदान गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय… पुरा पढौ

लुम्बिनीमा सत्ता गठबन्धनलाई अझै मजबुद बनाइने

लुम्बिनी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धनलाई अझै मजबुद बनाउन पाँच दलीय गठबन्धन दल सहमत भएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय बुटवलको तामनगरमा आज बसेको सत्ता साझेदार दलको बैठकले आगामी निर्वाचनमा साझा उम्मेदवार तयार गर्नका लागि आ–आफ्नो पार्टीका तर्फबाट विस्तृत रिपोर्ट तयार गरी छलफल गर्ने निर्णय गरेको हो । बैठकले स्थानीय तह निर्वाचनको समीक्षा गर्दै विभिन्न कमी कमजोरीका बाबजुद गठबन्धन सफल भएको निष्कर्ष पनि निकालेको नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए । स्थानीय तह… पुरा पढौ

गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव छ : प्रम देउवा

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । नेपाल प्राध्यापक सङ्घको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री देउवाले भने, “विद्यार्थीले पनि आधुनिक युगको शिक्षालाई आत्मसात् गर्दै अघि बढ्नु आवश्यक छ । उच्च शिक्षामा सुधार सँगसँगै हाम्रा परम्परागत ज्ञान, सीप, धर्म, संस्कृति, दर्शन, सङ्गीत र साहित्यको संरक्षण र… पुरा पढौ

प्रहरी निर्वाचनतर्फ केन्द्रित : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव

काठमाण्डौं । सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले तीव्रत्तररूपमा तयारी गरिरहेको छ । आयोगले दल दर्ताका लागि साउन ३१ सम्मको समयसीमा दिएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमसमेत स्वीकृत भइसकेको छ । भयरहित निर्वाचन गराउनका लागि शान्तिसुरक्षा… पुरा पढौ

एन्फाको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ चयन

काठमाण्डौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नरेन्द्र श्रेष्ठलाई मानार्थ अध्यक्षमा चयन गरेको छ । सातदोबाटोस्थित एन्फा कार्यालयमा एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको दोस्रो कार्यसमिति बैठकले श्रेष्ठलाई मानार्थ अध्यक्ष बनाउने निर्णय गरेको हो । यस्तै बैठकले किशोर राईलाई वरिष्ठ मानार्थ उपाध्यक्ष चयन गरेको छ भने एन्फा प्रवक्तामा सुरेश शाहलाई नियुक्त गरेको छ । यसैगरी, आगामी असोज ११ गते दशरथ रङ्गशालामा बङ्गलादेशविरुद्ध हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा प्रदीप हुमागाईलाई एक खेलका… पुरा पढौ

गण्डकीमा सूचनाको हक सम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । विहिबारको प्रदेश सभाबाट उक्त विधेयक पारित भएको हो । कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले मन्त्रालयद्वारा पेश गरिएको उक्त विधेयकले नागरिकलाई सही सूचना प्रवाह गर्ने बताए । उनले विधेयक अन्य प्रदेश भन्दा उत्कृष्ट बनेको दाबी गरेका छन् । विज्ञहरुसँग व्यापक छलफल गरेर विधेयक पारित गरिएको भनाई उनको छ । ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक विज्ञहरुलाई राखेर… पुरा पढौ

कर समायोजन प्रगतिशील कर सिद्धान्तमा आधारित छ : अर्थमन्त्री बराल

पोखरा २६, साउन गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले प्रगतिशील कर सिद्धान्तको आधारमा कर समायोजन गरिएको बताएका छन् । गण्डकी प्रदेश सभाको शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले संघीयता माथि नै प्रश्न उठ्ने गरेर कर बढाएको आरोप लगाएपछि जवाफमा उनले यस्तो बताएका हुन् । ‘प्रगतिशिल कर सिद्धान्तको आधारमा थोरै हुनेसँग कम र धेरै हुनेसँग बढी कर लिने गरी समायोजन गरिएको हो । यो विषय अहिले आएर कार्यान्वयनमा आएको मात्र हो । तर यसलाई अनावश्यक रुपमा आलोचना गरियो’–उनले भने ।… पुरा पढौ

नागरिकता विधेयक प्रमाणीकरण गर्न माग

काडमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन । उनले उक्त विधेयकले तराई तथा देशका अन्य भू–भागका नागरिकको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने भएकाले त्यसलाई प्रमाणीकरण गरेर कार्यान्वयनमा ल्याउनुपर्ने बताए । नेता यादवले अहिलेको पाँचदलीय गठबन्धन नेपाली जनताको आवश्यकताका आधारमा बनेको बताउँदै चुनाव र चुनावपछि पनि यही गठबन्धन कायम रहने स्पष्ट गरे । उनले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा नै… पुरा पढौ

नयाँ सहर योजना मन्त्रिपरिषद

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकामा जग्गा एकीकरणका माध्यमबाट नयाँ सहर निर्माण गर्ने योजनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद पुगेको छ । उत्तरपूर्वी भेगका शङ्खरापुर, कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकाको १६ हजार रोपनी क्षेत्रफलमा जग्गा एकीकरणका माध्यमबाट जग्गा विकास गरी नयाँ सहर बनाउने योजनासम्बन्धी प्रस्ताव तयार पारी सहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् लगेको हो । स्थानीय तह निर्वाचनअघि नै मन्त्रिपरिषद् पुगेको प्रस्तावका विषयमा अर्थ मन्त्रालयको राय लिने काम भइरहेको पूर्वी सहरी आयोजना प्रमुख दीपक श्रेष्ठले राससलाई जानकारी दिए । शङ्खरापुर नगरपालिका– ९, कागेश्वरी… पुरा पढौ

सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौँ । पाँचदलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा आगामी आमनिर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल हुने बताइएको छ । बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल हुने कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्षनेताहरूलाई बुझाउनेछ । यसअघि बसेको गठबन्धनका शीर्षनेताको बैठकले पाँचै दलका नेता… पुरा पढौ