राजनीति

कोभिडबाट नागरिकलाई बचाउन सरकार भरपूर प्रयास गरिरहेको छ सञ्चारमन्त्री

सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकार मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । मानव अधिकार राष्ट्रिय महाभेला, २०७७ को भर्चुअलरुपमा आज उद्घाटन गर्दै उहाँले सरकार सधैँ नागरिकको मानव अधिकारको रक्षाका निम्ति प्रतिबद्ध रहेको स्पष्ट गर्नुभयो । “सरकार मानवअधिकार सुनिश्चित गर्न चाहन्छ, सधैँ सबै नागरिक सुरक्षा, शान्ति र प्रगतिका लागि काम गरिरहेको छ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “मानवअधिकार सुरक्षित गर्न सरकार सदा तयार छ, नागरिकले बाँच्नु पहिलो कुरा हो, मानवअधिकार हननका मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने त छँदैछ, अहिले… पुरा पढौ

प्रदर्शनको तयारीमा जुट्न भातृ तथा शुभेच्छुक संस्थालाई काँग्रेसको निर्देशन

नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मंगलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ। पार्टीको मंसीर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि तयारी शुरु गर्दै बैंठक तथा छलफल गरेको प्रवक्ता नवीन सिग्देलले जानकारी दिएका छन्। बैठकमा भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा पदाधिकारी सहभागी थिए। बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनलाई भव्य बनाउन तयारीमा जुट्न निर्देशन दिए। नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको आइतबार बसेको… पुरा पढौ

कांग्रेसको प्रदर्शन मंसिर २९ गते, तयारीमा जुट्न कास्की कांग्रेसको निर्देशन

नेपाली काँग्रेस कास्कीले पोखरामा गर्ने प्रदर्शनलाई प्रभावकारी बनाउन मङ्गलबार भातृ तथा शुभेच्छुक संस्थासँग बैंठक तथा छलफल गरेको छ ।पार्टीको मंसिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत कास्की काँग्रेसले पनि तयारी शुरु गर्दै बैंठक तथा छलफल गरेको प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । बैठकमा भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख तथा पदाधिकारी सहभागी थिए ।बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनलाई भव्य बनाउनका लागि तयारीमा जुट्न निर्देशन दिए ।नेपाली काँग्रेस कास्कीका पदाधिकारी, क्षेत्रीय सभापति, पोखरा नगर पदाधिकारी, प्रदेश सभापति र गाउँपालिका सभापतिको… पुरा पढौ

गणतान्त्रिक शक्तिलाई एक हुन प्रधानमन्त्रीबाट आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एक जुट हुन आह्वान गर्नुभएको छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रि«य दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कोभिड–१९ विरुद्धको रोकथाम, लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, संविधानविरोधी गतिविधिलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सो अवसरमा… पुरा पढौ

सर्वदलीय बैठक जारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नुभएको सर्वदलीय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको आजको बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता छ । पुरा पढौ

प्रधानमन्त्री ओलीले बोलाए, आजका लागि सर्वदलीय बैठक

प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला सर्वदलीय बैठक बोलाएका छन् । बैठक आज (मंगलबार) बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन्। बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाएका… पुरा पढौ

पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्नेगरी खोप ल्याउने सरकारको तयारी

काठमाण्डौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ०, ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा… पुरा पढौ

नेकपाका दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटीमा छलफल हुने

काठमाण्डौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा करिव ३ घण्टा बसेर सचिवालय बैठक सकिएको हो । आज बसेको सचिवालय बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि सचिवालयमा रहेका दुबै अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रस्तावलाई स्थायी कमिटीमा लैजाले र त्यही छलफल गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार नेकपा स्थायी कमिटीको बैठक आइतबार दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने छ । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले… पुरा पढौ

पोखरा २४ मा नेकपाका एक दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश

पोखरा । पोखरा महानगरपालिका २४ खड्गगाँउमा नेकपा परित्याग गरि एक दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन् । पोखरा २४ खड्गगाँउको समाजघरमा शुक्रबार आयोजित पार्टी प्रवेश समारोहमा नेपाली कांग्रेसका पूर्व सह सचिव तथा वर्तमान जिल्ला सदस्य भरत बहादुर अधिकारी र वडा इकाई सभापती प्रताप बहादुर कार्कीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।लामो समय नेकपामा सक्रिय देविका भण्डारी सुवेदीको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ता नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश… पुरा पढौ

रामचन्द्र पौडेललाई पक्राउ गर्नु गलत : देवेन्द्र पौडेल

काठमाण्डौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रहरीले तनहुँमा प्रहरीले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गर्नु गलत भएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बिहीबार बोल्दै पौडेलले वरिष्ठ नेतालाई सम्मान गर्नुपर्ने भन्दै उनले तनहुँको घटनामा पार्टीको संलग्नता नरहेको दावी गरे । उनले भने, ’लोकतन्त्र हाम्रो जीवनपद्धति हो, पौडेललाई नियन्त्रणमा लिन् दुखद कुरा हो ।’, ’पार्टीको संलग्नता छैन, जिल्ला प्रशासनको काम हो । कार्यक्रममा रोक लगाउनु हुँदैनथ्यो ।’ उनले निषेधाज्ञा जारी गर्नु… पुरा पढौ