बागलुङमा चक्कु प्रहारबाट मजदुरको मृत्यु


     एभरेस्ट आवाज    
     श्रावण २७ गते २०८३ मा प्रकाशित




बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले आपसी विवादमा चक्कु प्रहार गर्दा सोही नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।

हत्या अभियोगमा घर्तीलाई हिरासतमा लिइएको छ । घटना गए राति भएको हो । हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमतिका निम्ति निजलाई जिल्ला अदालत पुर्याइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।