खेलकुद

आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न

मंसिर १४ पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । बिहीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, भारतका प्रनिल शर्माले भारतकै रणविर सिंहलाई ६–२,७–६ ले, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४,६–२ ले र भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३,३–६ र ६–३ ले पराजित गर्दै… पुरा पढौ

पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा शुरु

पोखरा । १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहिबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। गणेशमान गुरुङले स्वास्थ्य नागरिक उत्पादनका लागि शिक्षा संगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समयमा खेलकु दका गतिविधि बढे संगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई… पुरा पढौ

पाँचौ युनिप्स खेल महोत्सवको पोखरा रंगालामा उद्घाटन, एथेटिक्सका खेल सुरु

मंसिर १४ पोखरा । पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत आज औपचारिक उद्घाटन गरिएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा दुई दिन अघि बाट सुरु भएको उक्त खेल महोत्सवको पोखरा रंगशालामा एक भव्य कार्यक्रमका विच बिहिबार उद्घाटन गरिएको हो । गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले पाँचौ खेल महोत्सवको शान्तीको प्रतिक परेवा उडाएर गरेका थिए । सो अवसरमा बोल्दै सांसद बरालले शिक्षाको गुणस्तर वृद्धि संगै विदेशमा हुने पलायन रोक्न सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।… पुरा पढौ

पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी क्रिकेट’ बागमतीलाई पराजित गर्दै आर्मी फाइनलमा

कास्की । पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो । आर्मीले जितका लागि पाएको एक सय २८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्न सफल भयो । टस जितेर बयाटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै सात विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो । बागमतीका प्रतीक श्रेष्ठले ३५… पुरा पढौ

माछापुच्छ्रेमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड

गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यही मङ्सिर १६ गतेसम्म चल्ने प्रतियोगितामा गाउँपालिका अन्तर्गत ११ वटा माध्यामिक विद्यालयको सहभागिता हुने शिक्षा शाखा प्रमुख एवम् खेल व्यवस्थापन संयोजक सम्झना पोखरेलले जानकारी दिए । पालिकाभित्रका विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र सम्भावित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए। सम्पूूर्ण विधामा प्रथम हुने विद्यालयले १५ हजार, द्वितीय हुनेले रु १०… पुरा पढौ

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट: कोशी प्रदेशको सान्त्वना जित

पोखरा । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो । खेल जिते पनि कोशी घर फर्किने छ । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७।४ ओभरमा पुरा गर्दै प्राप्त गर्न सफल भयो । टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक निलोलाई… पुरा पढौ

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

पोखरा । पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार (आज) फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावीतर्फ फुटबल, छात्रा मावीतह खोखो र आधारभुत तह कक्षा १–५ अन्तर्गत छात्ररछात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् । प्रतियोगितामा मावी छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो । वेलननले… पुरा पढौ

पोखरामा आइटीएफ जे–३० टेनिस जारी

पोखरा ।कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ विभिन्न खेलहरु भएका छन् । सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए । त्यस्तै, नेपालका सक्षम विक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले भारतका ड्रिक शाहलाई… पुरा पढौ

राखेप सदस्य सचिव घिसिङलाई एसिया रग्बीको प्रतिष्ठित सेवा पुरस्कार

मंसिर ११ काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङलाई एसिया रग्बीले प्रतिष्ठित सेवा पुरस्कारबाट सम्मान गरेको छ । नेपाल रग्बी सङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका घिसिङलाई उनको कार्यकालमा नेपालमा रग्बी खेलको विकास र विस्तारमा उल्लेखनीय योगदान पु¥याएवापत सम्मानित गरिएको हो । उज्वेकिस्तानको तास्केन्टमा भएको एसिया रग्बी अवार्ड कार्यक्रममा सदस्य–सचिव घिसिङलाई उक्त अवार्ड प्रदान गरिएको हो । सदस्य–सचिव घिसिङ एसिया रग्बीका कार्यकारी सदस्य पनि हुन् । सदस्य–सचिव घिसिङ सन् २०१२ मा नेपाल रग्बी सङ्घको अध्यक्षमा निर्वाचित भएएता २०२१ सम्म अध्यक्षको… पुरा पढौ

पोखरामा पाँचौ युनिप्स खेल महोत्सवमा भलिबलका खेल शुरु

पोखरा । पोखरामा पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत सोमबार (आज)बाट पोखरा रंगशालामा भलिबलका प्रतिस्पर्धाहरु सुरु भएका छन् । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था (युनिप्स) नेपालको आयोजनामा सुरु भएको छात्र/छात्रा भलिबलतर्फ १६ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अन्तर्गत सेमीफाइनलका समिकरण पुरा भएको युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिए । पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सुरु भएको प्रतियोगितामा छात्र/छात्रा दुवैतर्फ कालिका इङलिश बोर्डिङ फाइनलमा प्रवेश गरेको छ । फाइनलमा उपाधिका लागि छात्रतर्फ वेलनन एकेडेमी संग छात्रातर्फ होली एन्जल स्कुल… पुरा पढौ