खेलकुद

विश्वकपमा नेपालका खेलहरु पोखरा लेकसाइडमा ठूलो स्क्रिनमा लाइभ देखाइने

आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपालका खेलहरु पोखरा लेकसाइडमा ठूलो स्क्रिनमा लाइभ देखाइने भएको छ । प्रचार नेपालको व्यवस्थापनमा एक्ट्रिम इनर्जी ड्रिक्सले पोखरा लेकसाइड हल्लनचोकस्थित क्याम्पिङ ग्राउण्डमा नेपालका खेल लाइभ देखाउन लागेको हो । जसलाई पोखरा इन्टरनेटले सहयोग गरेको छ ।ठूलो साउण्डसहित ठूलो स्क्रिनमा लाइभ देखाउन लागिएको आयोजकले जनाएको छ । समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेल आगामी आइतबार इंग्ल्याण्डसँग खेल्नेछ । दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो खेल फेब्रुअरी १५ मा वेष्ट इन्डिज र चौथो खेल फेब्रुअरी १७… पुरा पढौ

पोखरामा बिटी कप जारी, राष्ट्रिय फुटसल खेलाडी लामालाई सम्मान

पोखरा, २३ माघ ।बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज ९शुक्रबार० लामालाई सम्मान अर्पण गरेको हो ।राष्ट्रका लागि फुटसलमार्फत योगदान दिएको भन्दै सम्मान गरिएको क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।उनका अनुसार राष्ट्रिय फुटसल खेलाडी लामा बिटी कपमा ठमेल एफसीबाट खेल्दैछन् ।‘राष्ट्रिय स्तरका खेलाडी विरेन स्मृति बिटी कपमा खेल्न आउन् भन्ने नै हाम्रो पनि उद्देश्य… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट : फाइनल प्रवेशका लागि प्रतिभा र बाल मन्दिर, मदरल्याण्ड र छोरेपाटन भिड्ने

सन्देश श्रेष्ठपोखरा, माघ २३ प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको हो । यसअघि आयोजक प्रतिभा माविसँगै छोरेपाटन मावि र बाल मन्दिर मावि प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनल खेलहरु शनिबार हुनेछन् । सेमीफाइनलको पहिलो खेलमा मदरल्याण्डबिरुद्द छोरेपाटन मावि तथा दोस्रो खेलमा बाल मन्दिर माविबिरुद्द आयोजक प्रतिभा मावि प्रतिष्पर्धामा उत्रिनेछन् । प्रतियोगिता अन्तर्गत शुक्रबार… पुरा पढौ

आहा रारा पोखरा गोल्ड कपको रजत वर्षमा फोटो प्रदर्शनी

सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा भएको प्रदर्शनी पोखराको महेन्द्रपुलस्थित फल्चामा गरिएको छ । प्रदर्शनीको दक्षिण एसियाली फुटबल महासंघ (साफ) का महासचिव पुरुषोत्तम कट्टेलले उद्घाटन गरे । उनले तस्बिर प्रदर्शनीले आहारारा गोल्ड कपको इतिहासलाई स्मरण गराएको बताए । ‘हाम्रो देशले एक खालको स्ट्रगल गरिरहेको अवस्थामा सबै स्ट्रगलबाट… पुरा पढौ

आहारारा गोल्ड कपको रजत वर्षको अवसरमा भोलि फोटो प्रदर्शनी हुने

पोखरा ।सहारा क्लब पोखराले हरेक वर्ष आयोजना गर्ने आहारारा गोल्ड कपको २५ औं अर्थात रजत वर्षको अवसरमा फोटो प्रदर्शन हुने भएको छ ।नेपाल फोटो पत्रकार संघ (एनपिजेए), कास्कीको आयोजना र सहारा क्लब पोखराको सहयोगमा शुक्रबार ‘फोटोमा फुटबल, फ्रेममा इतिहास’ फोटो प्रदर्शनी हुने भएको हो । पोखरा महेन्द्रपुलस्थित फल्चामा हुने प्रदर्शनीमा प्रतियोगिताका दौरान खिचिएका अविस्मरणीय क्षणहरू समेटिएको फोटो प्रदर्शन गरिने एनपिजेए कास्की अध्यक्ष राम गुरुङले जानकारी दिए ।प्रदर्शनीमार्फत प्रतियोगगिताको २५ वर्षे इतिहास, संघर्ष, उत्साह र गौरवलाई तस्बिरमार्फत जनसमक्ष प्रस्तुत गरिने अध्यक्ष… पुरा पढौ

१९ औं बिटी कप सुरु, उद्घाटन खेलमा आयोजक विजयी

पोखरा महानगरपालिका–१ टुंडिखेलस्थित खेलमैदानमा आज देखि ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता’ सुरु भएको छ । बुद्धटोल युवा क्लबका स्वर्गीय सल्लाहकार विरेन गुरुङको स्मृतिमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले गरे ।सो अवसरमा बोल्दै एसपी कार्कीले फुटबलको क्षेत्रमा बिटी क्लबको योगदान अतुलनीय रहेको धारणा राखे । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिटी ह्वाइटले मेरो नेपाल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै आयोजक दोस्रो चरणमा प्रवेश… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट : प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

सन्देश श्रेष्ठपोखरा, माघ २२ आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित प्रतियोगितामा आयोजक प्रतिभा मावि सेमीफाइनलमा प्रवेश गर्ने तेस्रो विद्यालय बनेको हो । यसअघि बाल मन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको सेमीफाइनलमा पुग्न अब एक टिम मात्रै बाँकी छ । जसमा गुरुकुल मावि र मदरल्याण्ड सेकेण्डरी प्रतिष्पर्धामा छन् । जसको छिनोफानो शुक्रबार हुने यी दुई विद्यालय बीचको प्रतिष्पर्धाबाट हुनेछ । दुबै विद्यालयले एक÷एक खेल जितेकाले… पुरा पढौ

साफ महिला यू–१९ च्याम्पीयनसीपको उपाधिका लागि बंगलादेश र भारत भिड्ने

सन्देश श्रेष्ठ पोखरा, माघ २१ साफ महिला यू–१९ च्याम्पीयनसीपको उपाधिका लागि बंगलादेश र भारत भिड्ने भएका छन् । पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा बंगलादेश लिगको बिजेता र भारत उपबिजेता बनेर फाइनलमा प्रवेश गरेका हुन् । चार देश सहभागी प्रतियोगितामा बंगलादेशले शतप्रतिशत नतिजा निकाल्दै ९ अंकसहित लिग बिजेता बन्यो । पहिलो खेलमा भुटानलाई १२–०, दोस्रो खेलमा भारतलाई २–१ र तेस्रो खेलमा आज नेपाललाई ४–० ले पराजित गर्दै बंगलादेशले फाइनल यात्रा सुनिश्चित गर्यो । घरेलु टोली नेपाललाई १–० ले पराजित गरेको भारतले भने… पुरा पढौ

प्रतिभा सुपर लिग क्रिकेट : छोरेपाटन मावि पनि सेमीफाइनलमा

सन्देश श्रेष्ठपोखरा, माघ २१ पोखराको छोरेपाटन मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । लिग चरणको पहिलो खेलमा कुमुदिनी होम्सलाई ४८ रनले पराजित गरेको छोरेपाटन माविले दोस्रो खेलमा बुधबार टप्स माविलाई ३४ रनले पराजित गर्दै समूह ‘सी’बाट सेमीफाइनल यात्रा सुनिश्चित गर्यो । छोरेपाटन सेमीफाइनल पुग्ने दोस्रो टिम हो । यसअघि समूह ‘डी’बाट बाल मन्दिर मावि सेमीफाइनलमा पुगिसकेको छ । बुधबार भएको खेलमा छोरेपाटन माविले टप्स माविलाई ३४ रनले पराजित गर्यो । टस जितेर टप्सले फिल्डिङ रोजेपछि पहिले व्याटिङ… पुरा पढौ

नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल सुरु

नवौं संस्करणको राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल बुधवारदेखि सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको आयोजनामा बुधबार देखि भण्डारी टोल स्थित भलिवल कोर्टमा सुरु भएको प्रतियोगिता माघ २४ गतेसम्म संचालन हुनेछ । क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडा अध्यक्ष पुर्णकुमार गुरुङले रेफ्री बुद्वसिंहलाई बल हस्तान्तरण गरेर उद्घाटन गरे । उनले खेलाडीले अनुशासित हुनुका साथै खेललाई सौहाद्रपूर्ण वातावरणमा सञ्चालन गर्न… पुरा पढौ