खेलकुद

लिगलिगकोट राजा छनोट गर्न लिगलिगे दौड प्रतियोगिता कात्तिक १ मा हुने

लिगलिगकोट राजा छनोट गर्न लागि हरेक वर्ष आयोजना गर्ने गरिएको लिगलिगे दौड प्रतियोगितामा सहभागी हुन चाहाने खेलाडीका लागि यस वर्ष अनलाइनमार्फत फारम भर्न खुला गरिएको छ । लिगलिग विकास अभियानको आयोजनामा हुने ‘लिगलिगे दौड प्रतियोगिता २०८०’ मा सहभागी हुन चाहाने खेलाडीका लागि अनलाइन फारम भर्न खुला गरिएको अभियानका अध्यक्ष सञ्जीव रानामगरले जानकारी दिए । अगामी कात्तिक १ गते हुन लागेको प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले यही असोज २५ गतेसम्म फारम भरिसक्नुपर्ने उनको भनाइ छ । अभियानले यस पटक एघारौँ संस्करणको… पुरा पढौ

साफ च्याम्पियनसिप फुटबल : नेपाल भारतसँग पराजित

असोज १० काठमाण्डौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३–२ गोलअन्तरले पराजित भएको हो । टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरेका थिए । त्यस्तै भारतका लागि अर्जुनसिंह ओइनाम, ग्वाग्व्मसर गोएरी र मङ्लेनथाम किपगेनले गोल गरे । दिनेश सिंह सौवम र रिक्की हओबमको… पुरा पढौ

साफ यू–१९ च्याम्पियनसिपः पाकिस्तान फाइनलमा

काठमाडौँ । पाकिस्तानले सडेन डेथमा भुटानलाई पराजित गर्दै साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई सडेन डेथमा ६(५ गोलअन्तरले हराउँदै साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यु-१९ साफ च्याम्पियनसिपमा पाकिस्तानको यो पहिलो सहभागिता हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरको पहिलो सेटमा दुवै टोलीका समान पाँच–पाँच जना खेलाडीले गोल गरेपछि खेल सडन डेथमा धकेलिएको हो । सडन डेथमा पाकिस्तानका आदिल… पुरा पढौ

१९औँ एसियाली खेलकुद: मङ्गोलिया विरुद्ध नेपालको कीर्तिमानी जित

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेलमा आज मङगोलियासित कीर्तिमानी जित निकालेको छ । केहीबेर अघि सम्पन्न खेलमा नेपालले मङ्गोलियालाई दुई सय ७३ रनले पराजित गरेको हो । पुरुष क्रिकेटमा नेपालको यही नै अहिलेसम्मको ठूलो जित हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मङ्गोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । नेपालले दिएको तीन सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया… पुरा पढौ

१९औँ एसियाली खेलकुद: २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत सोमबारसम्म दुई सय २८ पदकको छिनोफानो भएको छ । एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकबिहीन अवस्थामा छ । नेपालले हालसम्म खेलेका कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन । सोमबारसम्मको खेल प्रदर्शनका आधारमा हालसम्म चीनले ३९ स्वर्ण २१ रजत र नौ कास्यसहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ । यस्तै दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कास्यसहित ३३… पुरा पढौ

साफ च्यापियनशिप फुटबल : नेपाल सेमिफाइनलमा प्रवेश

असोज ८ काठमाडौं । राजधानीमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ यू–१९ साफ च्याम्पियनशिपमा नेपालले माल्दिम्सलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । नेपालको जितमा समीर तामाङले दुई गोल गरे भने प्रशान्त लक्षम र निराजन धामीले समान एक–एक गोल गरे । खेलको पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा पनि थप दुई गोल ग¥यो । खेलको १७औँ मिनेटमा नेपालका प्रशान्तले गोल… पुरा पढौ

एसियाडमा चीनको वर्चस्व कायमै

एजेन्सी । आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ । हालसम्म ६० वटा पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा २, जिम्न्यास्टिकमा १, रोइङमा ११, मोडर्न पेन्टल्थुनमा २, सुटिङमा ५, उसुमा ३ र स्केट बुर्डिङमा १ गरी ३४ स्वर्णसहित ६० वटा पदक हात पारेको छ । पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले ८ स्वर्ण, ८ रजत र ११ वटा कास्य पदक जितेको छभने दक्षिण कोरियालाई… पुरा पढौ

१९औँ एसियाली खेलकुद: महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने

१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलमा नेपालले आज जपानसित खेल्ने भएको छ । नेपाल र जापानबीचको खेल आज साँझ ५: १५ बजे हुने छ । महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेल्न लागेको हो । यसअघि समूह चरणको चरणको पहिलो खेलमा शुक्रबार नेपालले भियतनामसित हार बेहोरेको थियो । नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। पानले भने पहिलो खेलमा बंगलादेशलाई ८–०… पुरा पढौ

गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई ह्याण्डबल उपाधि

पोखरा । पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ । फाइनलमा लिटिल स्टेप माविलाई १६–७ गोलअन्तरले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो । प्रतियोगितामा सरस्वती आदर्श विद्याश्रम मावि तेस्रो भयो । उसले पोखरा एकेडेमीलाई १४–१३ अन्तरले पराजित गरेको हो । छात्रातर्फको उपाधि भने पोखरा एकेडेमीले जित्यो । गण्डकी बोर्डिङलाई ४–२ गोलअन्तरले पराजित गर्दै पोखरा एकेडेमीले उपाधि जितेको हो । छात्रातर्फ पनि सरस्वती आदर्श विद्याश्रम नै तेस्रो भयो । उसले ज्ञानज्योतिको चुनौती १०–० ले पन्छाएको हो… पुरा पढौ

भब्य समारोहका विच चीनमा १९ औं एसियाडको औपचारिक उद्घाटन

एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा रङ्गीन समारोहबीच उद्घाटन गर्दै दुई हप्ते खेलकूद प्रतियोगिताको शुभारम्भ गरेका छन् । चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र क्षेत्रका १२ हजारभन्दा बढी प्रतिस्पर्धीले ४० खेलमा प्रतिस्पर्धा गर्नेछन् । सिरियाका राष्ट्रपति बसर अल असद र अन्य नेताहरूको उपस्थितिमा सीले ८० हजार दर्शक क्षमताको हाङझोउ ओलम्पिक रङ्गशालामा औपचारिक रूपमा खेलको उद्घाटन गरेका हुन् । चिनियाँ झण्डा फहराइरहेका दर्शकले सीसहित कार्यक्रममा सहभागी पाहुनालाई भव्य… पुरा पढौ