खेलकुद

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि, १६ इभेन्टमा ९० खेलाडी भिड्दै

पाँचौँ मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ब्वाइज तथा गर्ल्स तर्फ सिंगल्स र डबल्स गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता संयोजक लोकबहादुर गुरुङका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडी सहित करिब ९० खेलाडीको सहभागिता रहनेछ । प्रतियोगिताको तयारी पुरा भएसँगै स्थानिय खेलाडीहरुले यो प्रतियोगितालाई… पुरा पढौ

१० औं पोखरा स्पोर्टस अवार्डको सह प्रायोजकमा केल्मी नेपाल

रारा तैयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डमा केल्मी नेपालले सह प्रायोजकमा रहेर साथ दिने भएको छ । स्पेनको खेलकुद ब्राण्ड केल्मेको नेपालका लागि आधिकारीक बिक्रेता केल्मी नेपाल र पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बीच १० औं पोखरा स्पोर्टस अवार्डमा एक अर्का बिच सहकार्य गर्ने गरि सम्झौता भएको हो । सम्झौतामा केल्मी नेपालका प्रवन्ध निर्देशक उत्तम न्यौपाने र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले हस्ताक्षर गरे । सो अवसरमा वोल्दै केल्मी… पुरा पढौ

फेवा महोत्सवमा पर्यटकबिच दौड,क्यानडाका मिलरोइ प्रथम

पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्रेलियाका लाइन्डनले तृतीय स्थान हासिल गरे । लेकसाइड स्थित होटल पिस प्लाजा अगाडिबाट सुरु भएको दौडमा खेलाडीहरु एक हजार आठ सय मिटर दुरीमा रहेको अम्बोटसम्म दौडिएका थिए । दौडमा भारतका आमिरलाई सान्त्वना पुरस्कार प्रदान गरियो ।यसैगरी महिलातर्फको छुट्टै मुल्यांकनमा अष्ट्रेलियाकी हान्ना प्रथम भइन् । नेदरल्याण्डकी इशाले द्वितीय स्थान… पुरा पढौ

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपः अनुष्का र अभिनाश उत्कृष्ट, गण्डकी टिम च्याम्पियन

पोखरामा आइतबार सम्पन्न चौथो यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी र बागमतीका अभिनाश सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । ट्रयाकतर्फ गण्डकीकी अनुष्काले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्दै सर्वाधिक पदक हात पारिन् । पुरुषतर्फ अभिनाशले हाईजम्पमा नयाँ कीर्तिमान कायम गर्दै सर्वोत्कृष्ट खेलाडीको उपाधि जिते । दुवैले जनही नगद रु ५–५ हजार पुरस्कार प्राप्त गरे ।समग्र टिमतर्फ गण्डकी प्रदेश १० स्वर्ण, ५ रजत र ४ कांस्य पदकसहित च्याम्पियन बन्यो । बागमती प्रदेश ६ स्वर्ण, ६ रजत… पुरा पढौ

रात्रिकालीन सडक दौडमा खुलातर्फ दार्चुलाका मुकेश थापा प्रथम, विदेशीतर्फ फ्रान्सका स्याम्यूल विजेता

पर्यटनको राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) २०८३ मा नेपालसहित पाँच देशका १ सय ४५ धावक सहभागी भए । फेवाताल किनार बाराहीघाटदेखि पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलसम्मको ५ किलोमिटरको उक्त दौडमा नेपालसहित, नर्वे, फ्रान्स, थाइल्याण्ड र इङल्याण्डका धावक सहभागी थिए ।‘जाग्छ पोखरा, दौडाउँछ पोखरा’ उद्घोषका साथ शनिबार राति ७ः२९ बजे बाराहीघाटदेखि सुरु भएको दौडमा खुलातर्फ दार्चुला २९ बर्षीय मुकेश थापा प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १७ः३१ः६७ मिनेटमा पूरा गरे ।… पुरा पढौ

मालेपाटनमा ‘३५ प्लस भेट्रान्स फुटबल’ जारी, शनिबार क्वाटरफाइनलका खेल

गण्डकी स्पोर्टस् क्लबको आयोजनामा पोखरा ५ मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिता प्रिक्वाटर फाइनलका खेल सकिएका छन् । मालेपाटन खेलमैदानमा आज भएको पहिलो खेलमा आयोजक टिम ‘ए’ र टाइटन भेट्रान्सलाई ३–० को गोल अन्तरले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा सबिन मेमोरिय एक्स एलजी एकतामाथी एनके एफसीले ३–० गोल अन्तरले सहज जीत निकाल्यो । तेस्रो खेलमा एट टु नाइनलाई पोखरा १५ ले २–० गोलले पराजित गर्दै पोखरा १४ क्वाटरफाइनलमा प्रवेश गर्यो । यस्तै चौथों… पुरा पढौ

रात्रिकालीन सडक दौड प्रतियोगितामा ३ देशका १०० बढी धावक सहभागी हुँदै

पर्यटकीय राजधानी पोेखरामा पहिलोपटक आयोजना हुन लागेको रात्रिकालीन सडक दौड प्रतियोगिता २०८३ को तयारी पूरा भएको छ । जाग्छ पोखरा दौडाउँछ पोखरा भन्ने उद्घोषका साथ शनिबार साँझ ७ः०० बजे बराहीघाटबाट सुरु हुने उक्त प्रतियोगितामा नेपालसहित नर्वे र फ्रान्सका गरी १०० भन्दा बढी धावकको सहभागिता रहने आयोजक पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकले जनाएको छ । बाराहीघाटदेखि सुरु हुने प्रतियोगिता सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरोकिलोमिटर, सृजनाचोक, सभागृहचोक, न्युरोड हुँदै महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्क फल्चामा पुगेर समापन हुने छ ।प्रतियोगितामा खुला, महिला, विदेशी तथा… पुरा पढौ

पिताम्बर एशियन युथ एण्ड स्कुल ह्याण्डबलको काउन्सिल सदस्यमा मनोनयन

नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना एशियन युथ एण्ड स्कुल ह्याण्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन् । एशियाली ह्याण्डबल महासंघले उनलाई सन् २०२५ देखि २०२९ सम्मका लागि चार वर्षे कार्यकालका लागि नियुक्त गरेको जानकारी गराएको हो ।महासंघका महासचिव मोहम्मद सफिक र प्राविधिक निर्देशक जसिम अल थायेबले हस्ताक्षर गरेको पत्रमार्फत तिम्सिनाको मनोनयनले एशियाली क्षेत्रका युवा तथा विद्यालयस्तरीय ह्यान्डबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । एशियन युथ एण्ड स्कुल ह्याण्डबल, एशियाली ह्याण्डबल महासंघको एक महत्वपूर्ण अङ्गको… पुरा पढौ

अण्डर–२० फुटसल प्रतियोगिता सम्पन्न, न्युरोड क्लब विजयी

पोखरामा आयोजित फुटसल प्रतियोगिताको उपाधी न्यूरोड फुटबल क्लबले उचालेको छ । न्युरोड युवा क्लब र पोखरा महानगरपालिका वडा नं. ९ को संयुक्त आयोजनामा शुक्रबार र शनिबार आयोजित प्रतियोगितामा उपविजेता भने सहारा फुटबल क्लब भएको छ। विजेता टिमले नगद ३० हजार, ट्रफी र मेडल र उपविजेताले १५ हजार ट्रफी र मेडल हात पारेका छन् ।त्यसै गरी उत्कृष्ट गोल रक्षकको ट्रफी सिद्धान्त श्रेष्ठले पाउन सफल भए भने उत्कृष्ट खेलाडीको ट्रफी गौरब थापाले प्राप्त गर्न सफल भएका थिए ।युवाहरूको खेल प्रतिभा अभिवृद्धि गर्ने… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा,पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य

नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना हुन लागेको “पोखरा नाइट स्ट्रिट रेस–२०८३” (रात्रिकालीन सडक दौड) को तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा यही चैत २८ गते पोखरामा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको शनिबार पोखराको फिस्टेल ड्रिम पार्कमा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो । पाँच किलोमिटरको उक्त दौड चैत्र २८ गते बेलुका ७ बजे बाराहीघाटबाट सुरु भई सेन्टर प्वाइन्ट, हल्लनचोक, जिरो कि.मि., सिर्जनाचोक, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलस्थित झण्डा पार्क अगाडि… पुरा पढौ