सूचना-प्रविधि

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत । फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन) वितरण गरिएको छ । प्रदूषणरहित भान्छा र धुवाँरहित गाउँघरको विकासका लागि रोटरी क्लब अफ पोखरा फिस्टेलको सहयोगमा वडाका सबै घरधुरीलाई विद्युतीय चुल्हो वितरण गरिएको हो । थापाठानामा सात सय घरधुरी रहेका छन् । तीमध्ये झन्डै एक सय घरधुरी बसाइँसराइलगायत कारणले खाली छन् । मानिसको नियमित बसोबास रहेका सबै घरपरिवारलाई एक÷एक थान इन्डक्सन चुल्हो वितरण गरिएको फलेवास–२ थापाठानाका वडाध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए। ग्रामीण सामुदायिक विद्युतीकरण उपभोक्ता समितिको आयोजनामा भएको… पुरा पढौ

म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घरमा आइतबार उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति पुगेको छ । उच्च गतिको विद्युत् प्रवाह हुँदा घारको ओडारे, भुवानीथान, भुन्या, इदार र बिरौटा टोलका केही घरमा क्षति भएको हो । विद्युत्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह भएर स्थानीयवासीका घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुुगेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए। भुन्या टोलका जितबहादुर बरुवालको पसल जलेर रु १० लाखभन्दा बढीको क्षति भएको छ… पुरा पढौ

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे, कोत्रे, कुम्लेखोला र विजयपुरमा पुल निर्माणका लागि प्रिकाष्ट प्रविधिको प्रयोग गर्न लागेको हो । निर्माण कम्पनीले तनहुँको म्याग्दे खोलामाथि प्रिकाष्ट प्रविधिबाट पुल राख्न सुरु गरेको चाइनिज कन्ट्रयाक्टरका इन्जिनियर अनुप श्रेष्ठले जानकारी दिए । निर्माणलाई तीव्रताका साथ अघि बढाइएको बताउँदै उनले हालसम्म २३ प्रतिशत काम भएको जानकारी दिए । निर्माणमा कतिपय… पुरा पढौ

गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो

गण्डकी । प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो छ । यातायात व्यवसायीले सार्वजनिक सेवाका लागि पनि विद्युतीय सवारीसाधन भित्र्याउन थालेका छन् । प्रदुषणमुक्त र सञ्चालन खर्च कम आउने हुँदा विद्युतीय सवारीसाधनप्रति आकर्षण बढेको हो । एक महिनाअघि पोखरा–बागलुङ विद्युतीय भ्यान सञ्चालन ल्याएको धवलागिरि गण्डकी यातायात सेवा प्रालिले आउँदो सातादेखि सेवा बिस्तार गर्ने योजनामा छ । “एउटा भ्यान थपेर सेवा बढाउँदैछौँ, पोखरा–बागलुङ दिनमा छपटक भ्यान छुट्छ”, प्रालिका अध्यक्ष उमेश केसीले भने, “सुविधायुक्त र वातावरणमैत्री भएकाले यात्रु पनि… पुरा पढौ

पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक

गण्डकी । पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । भारतीय निर्माण कम्पनी टाटा प्रोजेक्ट्सले दुई वर्षभित्रमा काम सक्ने लक्ष्य राखेर विसं २०७८ माघमा उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले काम नसकेपछि आठ महिना ठेक्का म्याद थपिएको आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए । “निर्माण कम्पनीले पोखराको भौगर्भिक… पुरा पढौ

मनास्लु‘पर्यटकीय गन्तव्यको पूर्वजानकारी दिन सूचना बोर्ड’

गोरखा । पर्यटकलाई आफू पुग्ने पयर्टकीय गन्तव्यको पूर्वजानकारी दिन तल्लो मनास्लु पर्यटकीय पदमार्गमा सूचना बोर्ड राख्न सुरु गरिएको छ । धार्चे गाउँपालिकाअन्तर्गत पर्ने तल्लो मनास्लु पदमार्गको विभिन्न स्थानमा सूचना बोर्ड राख्न सुरु गरिएको हो । पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष साने गुरुङले जानकारी दिए । “पदमार्गको विभिन्न छ ठाउँमा सूचना बोर्ड राखिसकिएका छौँ । बाँकी स्थानमा तीव्रताका साथ सूचना बोर्ड राख्ने काम भइरहेको छ”, उनले भने। पदमार्गमा पर्ने लापुबेँसीस्थित प्रिन्स ह्यारी हिल्ड… पुरा पढौ

शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर,मुस्ताङका लागि प्रस्थान गरे बाइकर

काठमाडौं – मुस्ताङ सम्म पुग्नका लागि काठमाडौबाट बाइकरको ट्रान्स हिमालय एड्भेन्चर टोली प्रस्थान गरेको छ ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको ¥याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो । सो ¥याली आज पोखराको सराङकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ । पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाई पोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा… पुरा पढौ

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै म्याग्दी स्थित प्राविधिक शिक्षालय

गलेश्वर । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष रु दुई लाख ५० हजार आम्दानी गरेका छन् । जिल्लाको एकमात्र प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित पनि गरेको छ । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित क कृषि प्राविधिक शिक्षालयका विद्यार्थीले पढाइका अतिरिक्त मौसमी तथा बेमौसमी तरकारी खेती र मौरीपालन गर्दै आएका छन् । शिक्षालयमा बाली विज्ञान विषयमा अध्ययन गर्ने ४० जना विद्यार्थीले तरकारी खेती गर्नुका साथै मौरीपालन गरेका छन् । विद्यालय परिसरमा… पुरा पढौ

जिल्ला प्रहरी कार्यालय म्याग्दीद्धारा ‘भिजिटिङ कार्ड’को व्यवस्था

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले लक्षित समुदायलाई सेवामा प्राथमिकता दिन ‘भिजिटिङ कार्ड’ को व्यवस्था गरेको छ । अल्पसङ्ख्यक, महिला तथा बालबालिका र अपाङ्गता भएका सेवाग्राहीका लागि तीन किसिमको भिजिटिङ कार्डको व्यवस्था गरिएको छ । अल्पसङ्ख्यकलाई रातो, वुद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई पहेँलो र महिला तथा बालबालिकालाई सेतो भिजिटिङ कार्डको व्यवस्था गरिएको प्रहरी नायव उपरीक्षक मदन कुुँवरले जानकारी दिए । “ प्रहरी सेवामा लक्षित समुुदायको पहुँच बढाउन यो व्यवस्था गरिएको हो”, उनले भने, “राज्यको नीति र व्यवहारिकता हेरेर लक्षित समुदायका… पुरा पढौ

नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ मार्फत

गलकोट । बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ (विस्तृत रूपमा प्रतिक्रिया दिने) मार्फत दिन थालेको छ । नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोटदेखि भकुण्डेको बराह तालसहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको हो । नगरपालिकाको नक्सामा ती गन्तव्यको पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । उनका ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी टेलिङ’ गर्ने व्यवस्था मिलाइएको छ… पुरा पढौ