सूचना-प्रविधि

पब्लिक फोरके टेलिभिजनको नियमित प्रसारण सुरु

पोखरा । गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको नियमित प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नियमित प्रसारणको उद्घाटन गरेका हुन् । नियमित प्रसारण उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले टिभीको नियमित प्रसारण सुरुआतसँगै गण्डकीको सञ्चार क्षेत्रमा नयाँ आयाम थपिएको बताए । ‘यसले आवाजविहीनहरुको आवाज बोल्ने मैले अपेक्षा राखेको छु,’ उनले भने, ‘पीँधमा रहेका वर्गलाई माथि ल्याउन भूमिका खेल्ने विश्वास छ ।’ राजनीतिकर्मी, उद्यमी, व्यवसायी तथा सञ्चारकर्मीहरुको बीचको एकता आजको आवश्यकता रहेको उनले… पुरा पढौ

नेपाल भेटेरिनरी एशोसिएसन गण्डकीको अध्यक्षमा डा. राजेश चौधरी

पोखरा । नेपाल भेटेरिनरी एशोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा. राजेश चौधरी निर्विरोध निर्वाचित भएका छन । एशोसिएसनको तेश्रो साधारण सभा एवं अधिवेशनले अध्यक्षमा डा.राजेश चौधरीलाई निर्विरोध निर्वाचित भएका हुन । त्यसैगरी एशोसिएसनको उपाध्यक्षमा डा. भाजुराम चौधरी, सचिवमा डा. अविनाश भट्टराइ, सह सचिवमा डा.सपनालक्ष्मी घिमिरे र कोषाध्यक्षमा डा. शर्मिला कुमाल निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा डा. सोनिया गुरुङ, डा. रुपक कंडेल, डा. अजयराज ओझा, डा. गणेश रानाभाट, डा. अनिल गौतम र डा. सन्तोष बास्तोला निर्वाचित भएका छन । नव निर्वाचित… पुरा पढौ

दुर्घटनाग्रस्त एटिआर जहाजको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो ?

काठमाण्डौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ । यही माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ (रनवे–१२) बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको छानबिन गर्न सरकारले गठन गरेको दुर्घटना जाँच आयोगले सिङ्गापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर डाटा विश्लेषण गरेको थियो ।… पुरा पढौ

पत्रकार पौडेलको निधनप्रति पत्रकार महासंघ गण्डकीद्वारा दुः ख व्यक्त

माघ १ पोखरा । आइतबार विमान दुर्घटनामा परि पत्रकार त्रिभूवन पौडेलको निधन भएको प्रति नेपाल पत्रकार महासंघ गण्डकीले गहिरो दु : ख व्यक्त गरेको छ । महसंघले आइतबार एक विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष एवं सल्लाहकार पौडेलको निधनप्रति गहिरो दु ः ख व्यक्त गर्दै शोकको दुखद घडीमा महासंघले महासंघ गण्डकी प्रदेश र प्रदेश अन्तर्गतका ११ वटै जिल्ला शाखामा शोक मनाउने निर्णय गरेको महासचिव गोविन्द प्रसाद सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ । जसअन्र्तगत भोलि सोमबारदेखि १३ दिनसम्म… पुरा पढौ

संकटाले जित्ने अनुमान गरेका वाग्ले बने ‘आहा ! रारा पोखरा महाविजेता’

पुस २३ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ मा पोखरा – १३ आर्वाका कुमार वाग्ले आहा रारा पोखरा गोल्डकप महाविजेत घोषित भएका छन् । शनिबारको संकटा क्लव र अमेरिकाको भुट्निज यूथ स्पोर्टस् क्लवविचको फाइनल खेल कस्ले जित्ला भन्ने प्रश्नको सही अनुमानित उत्तर दिनेहरुमध्यबाट गोला प्रथामार्फत पोखरा–१३ आर्वाका वाग्ले महाविजेता घोषित भएका हुन् । महाविजेता वाग्लेलाई डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन, हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउसहित… पुरा पढौ

‘आठौं पेक टेक एक्सपो’को तयारी पुरा, भोलिदेखि प्रर्दशनी हुँदै

पोखरा । पोखरा इञ्जिनियरिङ कलेजको आयोजनामा हुन लागेको ‘आठौं पेक टेक एक्सपो–२०२२’ को तयरी पुरा भएको छ । कलेजमा अध्यनरत विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यसहित यही पौष ८ गते (भोलि) र ९ गते शनिबार गर्न लागिएको एक्पोको सम्मूर्ण तयारी पुरा भएको कलेजले बिहीबार क्याम्पसमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । कलेजमा विद्यार्थीले आफूले सिकेका, बुझेका ज्ञान तथा आफूमा अन्र्तनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यसहित सन् २००२ देखि प्रत्येक २–२ वर्षको अन्तरमा प्रर्दशनी गरिँदै आएको क्याम्पसका प्रिन्सीपल रोजना जोशीले जानकारी… पुरा पढौ

‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’ : नेपाल टेलिकम

काठमाण्डौं । नेपाल टेलिकमले अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल बैंकिङको दुरुपयोग भई अनधिकृत व्यक्तिले रकम लिने गरेकाले सचेत रहन आग्रह गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग भएर अनेक कानुनी झमेला पर्ने भएकाले पनि सचेत हुन टेलिकमले आग्रह गरेको हो । टेलिकमका प्रवक्ता शोभन अधिकारीले आज विज्ञप्ति जारी गरी राष्ट्रिय परिचयपत्र, नागरिक एप, बैंकिङ सेवा तथा सामाजिक सञ्जाललगायत विभिन्न डिजिटल गतिविधिमा मोबाइल नम्बरको प्रयोग गर्नुपर्ने अवस्था देखिएको विज्ञप्तिमा उल्लेख छ । मोबाइल नम्बर प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता भएको… पुरा पढौ

चन्द्रग्रहण : भरणी नक्षत्र र मेष राशिलाई कष्ट

काठमाण्डौं । कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम’ मा उल्लेख गरिएको छ । यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल… पुरा पढौ

निर्वाचनका लागि टिकटक प्रतियोगिता गरिने

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ। निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि एक मिनेटसम्मको बनाएर यही कात्तिक ५ देखि १५ गतेभित्र पठाई सक्नुपर्नेछ। आयोगले प्राप्त भएकामध्ये उत्कृष्ट ५ भिडियोलाई जनही ५० हजार रुपैयाँका दरले पुरस्कृत गर्ने जनाएको… पुरा पढौ

टेलिकमले आजदेखि निःशुल्क इ–सिम वितरण गर्दै

नेपाल टेलिकमले आजदेखि कम्पनीका ग्राहकलाई इ–सिम वितरण गर्ने भएको छ। टेलिकमले सुन्धारा काउन्टरबाट निःशुल्क इ–सिम वितरण गर्ने भएको हो। इ–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिएका छन्। हाल ‘फिजिकल’ सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ–सिममा परिवर्तन गर्न सकिने छ। नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा इ–सिम उपलब्ध गराइनेछ। नयाँ प्रिपेड लिन चाहने ग्राहकलाई तत्काललाई इ–सिम उपलब्ध नभए पनि निकट भविष्यमै… पुरा पढौ