बिहानै बाजुराको बिछ्यामा भूकम्पको धक्का


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०८० मा प्रकाशित




प्रतिकात्मक तस्विर

वैशाख २८ बाजुरा । बिहिबार बिहानै बाजुराको बिछ्यालाई केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।

बिहान ५ बजेर १५ मिनेटमा जिल्लाको बिछ्यालाई केन्द्रविन्दू बनाएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी रहेको छ । नेपालका हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा रहेको विज्ञहरुले बताउँदै आएका छन् ।

यसअघिपनि बाजुराकै बिछ्या केन्द्रबिन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।