पुस २३ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ मा पोखरा – १३ आर्वाका कुमार वाग्ले आहा रारा पोखरा गोल्डकप महाविजेत घोषित भएका छन् ।
शनिबारको संकटा क्लव र अमेरिकाको भुट्निज यूथ स्पोर्टस् क्लवविचको फाइनल खेल कस्ले जित्ला भन्ने प्रश्नको सही अनुमानित उत्तर दिनेहरुमध्यबाट गोला प्रथामार्फत पोखरा–१३ आर्वाका वाग्ले महाविजेता घोषित भएका हुन् । महाविजेता वाग्लेलाई डिजिटल साउण्ड एण्ड भिजनको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन, हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउसहित आइतबार पुरस्कृत गरिने एफएमले जनाएको छ ।
पोखरा रंगशालामा शनिबार भएको फाईनल भिडन्तमा भुटनिज युथ क्लव अमेरिकालाई ३–२ गोलअन्तरले हराउँदै संकटाले दोश्रो पटक आहा ! रारा पोखरा गोल्डकपको जितेको थियो ।
यस्तै, आहा रारा गोल्डकप गेस एण्ड विनका बिहीबारका विजेता पोखरा १० हस्पिटलचोकका विजेता हेमन्त तिमिल्सिनालाई पुरस्कृत गरिएको छ । बिहीबारको दोश्रो सेमिफाइनलमा चर्च ब्वाईजलाई पराजित गर्दै भुट्निज यूथ स्पोर्टस क्लव फाइनल पुग्ने अनुमान गरेका तिमिल्सिनालाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले पुरस्कृत गरे ।
विजेता तिमिल्सिनालाई सेभेन बी फोन जोन बुद्धविशाल बजार महेन्द्रपुलको तर्फबाट एक थान मोवाइल सेट र हिमश्री फुड्स प्रा।लि।को उत्कृष्ट उत्पादन रारा चाउचाउ एक कार्टुनद्वारा गरिएको एफएमका मार्केटिङ निर्देशक भोलाकुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि पोखरा १३ उद्गममार्गका हर्कबहादुर गुरुङ, पोखरा–२२ पुम्दीभुम्दीका धिरेन भुजेल, स्याङ्जाको आधिखोला गाउँपालिका– ५ का नरहरी शर्मा, पोखरा–१३ की सिर्जना गिरी, पोखरा–१५, नयाँगाउँका दलबहादुर विश्वकर्मा, पोखरा– ९ नयाँ बजारकी लालदेबी शर्मा पौडेल पुरस्कृत भइसकेका छन् ।
साहारा क्लव पोखराको आयोजनामा २२ औं संस्करणको “आहा रारा पोखरा गोल्डकप प्रतियोगिता पुस १४ गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा एक विदेशीसहित १० टोलीले सहभागि भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







