हाल, पोखरामा मध्यम खालको वर्षा भइरहेको छ । पोखरामा रातीदेखि हल्का वर्षा भएपनि हाल यहाँ मध्यमखालको वर्षा भइरहेछ । मनसुन सक्रिय रहेका कारण पोखरा लगायत देशभर सामान्य बदली भई केही ठाउँमा वर्षा भइरहेको मौसम पुर्वानूमान महाशाखाले जनाएको छ । गत एक घण्टामा गण्डकी प्रदेशको घलेखर्क, माछापुच्छ«े बेस क्याम्प, लमजुङको कुन्छा र राइनासटार, गोरखाको आरुघाट र बारपाक, घारेढुंगा, म्याग्दीको मुना, लगायतको स्थानमा वर्षा भइरहेछ । एक घण्टाको वर्षा मापन रेकर्डअनुसार सबैभन्दा बढी घलेखर्कमा १३.४ मिलिलिटर पानी परेको छ । महाशाखाका अनुसार…
पुरा पढौ