सडक

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिए । जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत १० वर्षको… पुरा पढौ

पोखरा सडक महोत्सवको संयोजकमा गौतम चयन

रेस्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको कार्यसमिति बैठकले आगामी २७ औं पोखरा सडक महोत्सवका लागि संयोजकमा प्रथम उपाध्यक्ष वसन्त गौतमलाई चयन गरेको छ । समितिको आज बसेको बैठकले आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने महोत्सवको संयोजक मण्डल र स्टेरिङ कमिटी गठन गरेको हो । त्यस्तै कार्यसमिति सदस्य सुनिलबहादुर भट्टराई र सुमन भट्टराईलाई सह–संयोजकका रूपमा जिम्मेवारी दिइएको छ । महोत्सवको स्टेरिङ कमिटीमा अध्यक्ष विश्वराज पौडेल, निवर्तमान अध्यक्ष नरेश भट्टराई, संयोजक वसन्त गौतम, द्वितीय उपाध्यक्ष विकास भट्टराई, महासचिव… पुरा पढौ

तनहुँका स्थानीय तहद्वारा १५ किलोमिटर सडक कालोपत्र

तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए। त्यस्तै दुई दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने तीन दशमलव एक किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा… पुरा पढौ

चन्दा उठाएर म्याग्दी र कास्की सडक सञ्जालमा जोडियो

म्याग्दीका स्थानीयले चन्दा सङ्कलन गरी घोडेपानी-नागेठाँटी-वनठाँटी खण्डमा दुई किलोमिटर ट्र्याक निर्माण गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा जोडेका छन्। अन्नपूर्ण गाउँपालिका-६ का वडाध्यक्ष रामबहादुर खड्काले उक्त सडकले प्रदेश राजधानी र प्रमुख पर्यटकीय गन्तव्य मुस्ताङलाई छोटो बाटोले जोड्ने बताए।मध्यपहाडी लोकमार्गको नयाँपुलदेखि कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकमा पर्ने पोखरेबगर जोड्ने यो सडक ४० किलोमिटर लामो छ। २३ असोज, म्याग्दी। स्थानीयले चन्दा सङ्कलन गरी म्याग्दी र कास्कीलाई सडक सञ्जालमा जोडेका छन् । अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काका अनुसार स्थानीयले चन्दा सङ्कलन गरेर घोडेपानी-नागेठाँटी-वनठाँटी… पुरा पढौ

पर्वतमा सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत

पटक–पटक म्याद थप गर्दापनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ । पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधिन लुंखुदेउराली(मिलनचोक( बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआर रओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत पूर्वाधार विकास कार्यालय पर्वतले जफत गरी असुल गरेको हो । १८ महिनाभित्र काम सम्पन्न गर्नेगरी विसं २०७८ जेठ १८ गते सम्झौता भएको सडक विसं २०७९ फागुन १७ गते सम्पन्न गर्नुपर्ने भएपनि निर्माण व्यावसायिले सडक चक्ल्याउने बाहेक अन्य काम गरेको थिएन । पटक पटक म्याद… पुरा पढौ

पहिराले बेनी–जोमसोम सडकमा यातायात सेवा प्रभावित

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुवारीको पहिरोले कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा यातायात सेवा प्रभावित भएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुदै हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम चिन र भारत जोड्ने सडक पनि हो । कालीगण्डकी नदीको तिर देखि भगवतिको माझखर्कसम्मको जमिन धाँजा फाटेर पहिरो चलेपछि बिचमा रहेको सडकमा यातायात सञ्चालनमा समस्या भएको छ । यातायात ब्यवसायी भोजबहादुर थापाले सिरुवारी र खामभित्ताको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको बताए । “सामान्य बर्षा हुनेवित्तिकै पहिरो… पुरा पढौ

बेनिघाट-लार्के सडकको पहिरो हटाइयो

बेनिघाट-लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ । अत्यधिक वर्षाका कारण बेनिघाट-लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका साधन बीच बाटोमै थन्किएका थिए । माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय रञ्जना ढकालले जानकारी दिए । तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन सकिएको छैन । उक्त स्थानमा स्थानीयले पहिरो हटाएर पैदलयात्रुलाई हिँड्न मिल्ने बनाएको ढकालले बताए । रासस पुरा पढौ

बाढीपहिरोले देशका अधिकांश राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन् । पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्णरुपमा बन्द भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ– मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ । यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ ।। काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ ।रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध भएको छ । सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन सञ्चालन भएका छैनन् ।… पुरा पढौ

वर्षाका कारण २० गतेसम्म लामो दूरीका सवारी साधन आवागमनमा कास्की प्रशाासनको रोक

मुलुकभर तीन दिनसम्म मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान जारी भएसँगै जिल्ला प्रशाासन कार्यालय, कास्की ले लामो दूरीका सवारी साधनको आवतजावत पूर्णरूपमा रोक्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार सूचना जारी गरीे नागरिकलाई सतर्क रहन र घरमै सुरक्षित रुपमा बस्न आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण अनुसार आज देखि २० गतेसम्म देशभर वर्षा हुने र गण्डकी प्रदेशका विभिन्न भूभागमा बाढी, पहिरो र डुबानको जोखिम रहने अनुमान गरिएको छ । सोही पूर्वानुमानका आधारमा राष्ट्रिय विपद्… पुरा पढौ

काठमाण्डौ सहित २० वटा जिल्लामा बाढीको ’रेड अलर्ट’ जारी,केही राजमार्गमा सवारीसाधन होल्ड

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाण्डौ सहित २० जिल्लामा ’रेड अलर्ट’ अर्थात उच्च जोखिमको चेतावनी जारी गरेको छ । उच्च जोखिम भएका केही राजमार्गमा सवारी साधन होल्ड समेत गरिएको छ। गएरातिदेखि वर्षा भइरहेको र दिउँसोपछि वर्षा झनै बढ्ने सम्भावनाका कारण महाशाखाले रेड अलर्ट जारी गरेको हो ।महाशाखाको सूचना अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति उच्च जोखिमको… पुरा पढौ