सडक

विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०८२ आयोजना हुने, शोभायात्रा भने स्थगित

पोखरा । कास्कीको ऐतिहासिक धार्मिक स्थल विन्ध्यवासिनी मन्दिर परिसरमा यस वर्ष पनि विन्ध्यवासिनी नवदुर्गा महोत्सव २०८२ आयोजना हुने भएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनाको दिन असोज ६ गते बिहान ९:०० बजेदेखि सुरु हुने महायज्ञ कार्यक्रम महानवमीको दिन मध्यान्ह १२:०० बजेसम्म निरन्तर सञ्चालन हुनेछ। समितिले यस वर्षको महोत्सवलाई सम्पन्न गर्न पूर्वतयारीका क्रममा भाद्र २३ र २४ गतेका घटनाले बाधा पुर्याएको हुँदा परम्परागत रुपमा हुँदै आएको विन्ध्यवासिनी नवदुर्गा शोभायात्रा स्थगित गरिएको जनाएको छ। तथापि श्रीमद्देवी भागवत ज्ञान महायज्ञलाई भने… पुरा पढौ

कोटिहोममा प्रयोग गरिएका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा ७ जनाबिरुद्द मुद्दा दायर

पोखरा, साउन १५ पोखरामा हालसालै भएको कोटिहोममा प्रयोग गरिएका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा ७ जनाबिरुद्द मुद्दा दायर भएको छ । जिल्ला वन कार्यालय कास्कीले पोखराका विभिन्न ठाउँका वर, पिपलका दाउरा प्रक्रिया नपुर्याई काटेको आरोपमा मानवसेवा फाउण्डेशन नेपालका प्रवन्धक विष्णुराज गिरीसहित ७ जनाबिरुद्द कास्की जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । जिल्ला वन कार्यालय कास्कीले मुद्दा दायर गरेकाहरुमा पोखरा–१४ शुभ मार्ग टोलका ताराप्रसाद तिवारी, योगमाया बराल, पोखरा–१४ राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की, रामकृष्ण अधिकारी, पोखरा–१४ साधना मार्गका ज्ञानेन्द्र सार्की… पुरा पढौ

कास्कीको पर्यटकीय गाउँ धम्पुसमा कालोपत्रे सडक बन्ने, मन्त्रीद्वारा शिलान्यास

पोखरा, साउन ९ कास्कीको आकर्षक पर्यटकीय गन्तव्य धम्पुस जाने बाटो कालोपत्रे हुने भएको छ । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिका वडा नम्बर–७ स्थित पर्यटकीय गन्तव्य धम्पुसमा गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजना (आरसीआइपी)को ३० करोड १८ लाख ९४ हजारको लागतमा धम्पुस जाने बाटो कालोपत्रे हुन लागेको हो । मध्यपहाडी लोकमार्गको हेमजा घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे । सो सडक खण्डमा कुल १३.३ किलोमिटर… पुरा पढौ

ल्यानको आयोजनामा पोखरामा मनाइयो जापनिज पर्व ‘तानाबाता´

ल्याङ्वेज एशोसियसन अफ नेपाल (ल्यान) को आयोजनामा सोमबार जापानिज साँस्कृतिक पर्व 'तानाबाता' मनाइएको छ । जापान जान चाहने विद्यार्थीलाई त्यहाँकाे साँस्कृतिक पर्व 'तानाबाता' बारे जानकारी दिने उदेश्यले पर्व मनाइएको ल्यानका अध्यक्ष सृजन भान्साकार्यले जानकारी दिए । जुलाई ७ का दिन मनाइने 'तानाबाता (ताराको पर्व) जापानको एक सांस्कृतिक पर्व भएको उनले बताए । यो पर्वका बारेमा विभिन्न किम्वदन्ती तथा कथाहरु रहेको र यसलाई मनाउने तरिका पनि फरक/फरक) रहेको उनले जानकारी दिए। यस पर्वमा हरियो निगालोकाे हाँगाहरूमा रंगीचङ्गी कागजहरू‌मा आफ्‌नो मनोकामना लेखेर… पुरा पढौ

‘राउण्ड फेवा भ्यू फेवा’ पदमार्गको सरसफाई

पोखरा, १६ असार । राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमार्गकाे सरसफाइ गरिएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमाग{को सरसफाइ गरिएको हो । टान गण्डकीको आयोजनामा नेपाल पय{टन बोड{ र नेपाल पय{टन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकाय{मा पोखरामा पय{टक पथ प्रदश{क, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई प्रयोगात्मक कक्षा अन्त{गत राउण्ड फेवा भ्यू फेवा हाईकिङ पदमाग{को सरसफाइ, हाइकिङ तथा क्याम्पिङ काय{क्रम गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले जानकारी… पुरा पढौ

पोखरा महानगरले ल्यायो ८ अर्ब ३५ करोडको बजेट, पर्यटन पूर्वाधारमा जोड

पोखरा, असार ८ पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि करीब साढे ८ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा उप प्रमुख मञ्जुदेवी गुरुङले आर्थिक वर्ष २०८२÷०८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालु आर्थिक वर्षको बजेट भन्दा ८३ करोड ८० लाख रुपैयाँले बढी हो । चालु आर्थिक वर्ष २०८१÷०८२ मा पोखरा महानगरपालिकाले ७ अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । तर जेठ मसान्तरसम्म ४ अर्ब १६… पुरा पढौ

पोखरा-२५ हेमजामा ईभी गाडी दुर्घटना : ४ घाईते, अवस्था मध्यम

पोखरा, असार ७ पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजामा सवारी दुर्घटना हुँदा चार जना घाईते भएका छन् । पोखराबाट नौंडाँडातर्फ जाँदै गरेको ग.१ ज.८६९१ नम्बरको विद्युतीय गाडी चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । दुर्घटनामा परेर पोखरा–१७ घारीपाटनका ३४ वर्षिय कुशलरत्न परियार, पर्वतको जलजला गाउँपालिका वडा नम्बर–४ मल्लाज निवासी ३७ वर्षिय हर्कबहादुर विक, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–१ नौंडाँडाका २७ वर्षिय दीपेश परियार र २७ वर्षकै ऋतिका परियार घाईते भएको कास्की प्रहरीले जनाएको छ । घाईतेमध्ये कुशलको टाउको,… पुरा पढौ

गण्डकीमा ३२ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार र पर्यटन

पोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ । गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६… पुरा पढौ

पोखरासहित गण्डकी प्रदेशभरी नै शुरु भयो ‘म जिम्मेवार चालक’ अभियान

पोखरा, जेठ २५ गण्डकी प्रदेशमा आइतबार देखि म जिम्मेवार चालक अभियान शुरु भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सप्ताह अन्तर्गत आईतबारदेखि ‘जिम्मेवार चालक म !, जिम्मेवार यात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ अभियान सञ्चालन भएको हो । अभियानको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभारम्भ गरेका थिए । अभियानको उद्घाटनअघि पोखराको मानव अधिकार चोकबाट प्रभातफेरीसहितको र्याली निकालिएको थियो । विद्यार्थी, यातायाता व्यवसायी, यातायात संम्बद्ध मजदुर, सुरक्षा निकाय एवंं विभिन्न सरोकारवाला सहभागी र्योली चिप्लेढुंगा, न्युरोड हुँदै… पुरा पढौ

शुक्ला साहित्य प्रतिष्ठानले कविता प्रतियोगिता गर्ने

पोखरा मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान,पोखराको आयोजनामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ । पोखराका १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा माछापुच्छ्रे गाउँ पालिका २ सार्दिखोलामा रहेको माछापुच्छ्रे मा वि गरी ९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका संयोजक पत्रकार यदुनाथ बन्जाराले बताए ।यही जेठ ९ गते तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माविमा हुने प्रतियोगितामा पोखरा १६ मा रहेको विन्ध्यवासिनी मावि बाटुलेचौर , इन्द्रराज्यलक्ष्मी मा वि, लामाचौर , अन्नपूर्ण आ वि, अर्मला ,… पुरा पढौ