सडक

मध्यपहाडी लोकमार्ग हुँदै पोखराको पर्यटन प्रवद्र्धन

मध्यपहाडी लोकमार्ग केन्द्रित पर्यटन प्रवद्र्धन अभियानमा निस्किएको टोली सोमबार पोखरा फर्किएको छ। “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” भन्ने नारासहित पृथ्वी होटल व्यवसायी समिति पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पर्यटन तथा उद्योग मन्त्रालय र पोखरा महानगरपालिकाको सहकार्यमा जेठ १ गते सुरु भएको अभियान टोलीले बागलुङ, पूर्वी रुकुम, पश्चिम रुकुम र ढोरपाटन पुगेर आन्तरिक पर्यटकलाई पोखरा भ्रमणका लागि निम्तो दिएको हो। टोलीमा पृथ्वी होटल व्यवसायी समिति, समितिका पूर्वअध्यक्षहरु, सल्लाहकार, पत्रकार तथा कलाकार सहित २६ जना सहभागी थिए। अभियान अन्तर्गत बागलुङ… पुरा पढौ

मादी नदीमा निर्माणाधीन चार लेनको आर्क ब्रिजमा ८४ प्रतिशत प्रगति

मुग्लिन पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । व्यास नगरपालिका–४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिकतर्फ ८१ दशमलव दुई प्रतिशत प्रगति भएको हो ।उक्त खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताए । उनका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद… पुरा पढौ

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि रु ९६ करोड ८० लाख स्रोतको सहमति प्राप्त भएको छ । मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सहमति दिएको हो । कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । आयोजनाका अनुसार कोरला सडकअन्तर्गत पर्वत–म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना, थासाङ–२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान,… पुरा पढौ

पोखरा नयाँबजारमा “चेतक एक्सपिरियन्स जोन” उद्घाटन र इलेक्ट्रिक चेतक सार्वजनिक हुँदै

पोखरा । विद्युतीय सवारी साधनको भविष्यलाई मध्यनजर गर्दै आज पोखरामा “इलेक्ट्रिक चेतक ३५०१” को सार्वजनिक कार्यक्रम आयोजना गरिने भएको छ। यसै अवसरमा पोखराको नयाँबजारस्थित “चेतक एक्सपिरियन्स जोन” को औपचारिक उद्घाटन पनि गरिने आयोजकले जनाएको छ। आज (३१ वैशाख) दिउँसो १२:३० बजे इच्छाशक्ति अटोमोबाइल्स, नयाँबजारमा आयोजना हुने कार्यक्रममा विद्युतीय मोबिलिटी क्षेत्रमा नयाँ प्रविधि, आधुनिक डिजाइन तथा “फुल्ली लाइफप्रूफ” विशेषतासहितको चेतक ३५०१ लाई विशेष रूपमा प्रस्तुत गरिने सञ्चालक इच्छामान बुद्धाचार्यले जानकारी दिनुभयो। कार्यक्रममा व्यवसायी, मोटरप्रेमी, युवा तथा विद्युतीय सवारीप्रति रुचि राख्ने सर्वसाधारणको… पुरा पढौ

ट्याक्टर दुर्घटनामा परि बागलुङ र गोरखामा २ किशोरको मृत्यु

बागलुङ र गोरखामा भएका दुई छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा बुर्तिबाङतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा ढोरपाटन नगरपालिका–५ का १६ वर्षीय सुशीलकुमार विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीका अनुसार ट्याक्टर गोठमा खसेको थियो । फरार चालकको खोजी जारी छ । त्यस्तै निर्माण सामग्री बोकेको ट्याक्टर गोरखाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराति दुर्घटना हुँदा सोही गाउँपालिका– ३ का १३ वर्षका विक्रम बस्यालको मृत्यु भएको छ । जिल्ला प्रहरी… पुरा पढौ

घुमाउने पुल निर्माणमा ढिलासुस्ती भएपछि १२ वर्षपछि ‘तोडियो’सम्झौता

तराई र पहाडी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रुपमा रहेको पोखरा–नारायणगढ सडक बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ । निर्माण सुरु भएको १२ वर्षपछि काम सम्पन्न नभएको र निर्माण व्यवसायीले पटक–पटकको निर्देशन अटेर गरेपछि सडक डिभिजन कार्यालय दमौलीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउने पुल बनाउन सडक डिभिजन कार्यालयले निर्माण कम्पनी ‘मृत सञ्जीवनी निर्माण सेवा’सँगको सम्झौता अन्त्य गर्दै प्रचलित कानुनबमोजिम कारबाही… पुरा पढौ

मानव सेवा आश्रमको‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ । पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज्ज्वलन गरी सुरु भएको उद्धार यात्रा जेठ २२ गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुने जनाइएको छ । आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शुभारम्भ समारोहलाई संक्षिप्त सम्बोधन गरेका थिए । मानव सेवा आश्रमले विगत १३ वर्षदेखि सहयोगापेक्षी सडकआश्रित… पुरा पढौ

तालचोक–बेगनास सडकः तेस्रोपटक पनि म्याद थप

निर्माणमा ढिलाइ भइरहेको तालचोक–बेगनास सडकको तेस्रोपटक म्याद थप भएको छ । पोखरा महानगरपालिका २७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेनको उक्त सडक दुई वर्षभित्रमा सक्नेगरी विसं २०७९ असारमा सम्झौता भएको थियो । आगामी असारभित्र काम सक्नेगरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिए । “तेस्रोपटक म्याद थप भएको छ, निर्माण कम्पनीले आगामी असारभित्रमा काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ”, उनले भने, “अहिलेसम्म सडकको भौतिक प्रगति करिब ७५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको छ… पुरा पढौ

पर्यटकीय गुरुङ सम्पदा पदमार्गमा थपिँदै पूर्वाधार

पर्यटकीय गुरुङ सम्पदा पदमार्गमा पूर्वाधार थपेर त्यसलाई यात्रा पर्यटनको आकर्षक गन्तव्य बनाइने भएको छ । उक्त पदमार्ग कास्कीको मादी गाउँपालिकाका सिक्लेस, ताङतिङका साथै लम्जुङ जिल्लाका घनपोखरा लगायतका गन्तव्यबाट मनाङको तिमाङसम्म जोडिन्छ । सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्ग हराउने र छोटिने क्रम बढिरहेको अवस्थामा गुरुङ पर्यटन व्यवसायी सङ्घ, गण्डकी प्रदेशको सक्रियतामा यसको प्रवद्र्धनसँगै पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यस अघि चरणगत रुपमा स्थलगत अध्ययन अनुसन्धानपछि सो पदमार्गको औपचारिक घोषणा गरिएको थियो । प्रकृति, संस्कृति र इतिहासको सङ्गमका रुपमा रहेको… पुरा पढौ

हिमपातमा फसेका दुई भारतीय पर्यटकको मुस्ताङमा सकुशल उद्धार

मुस्ताङमा हिमपातमा फसेका दुई भारतीय पदयात्रीको सकुशल उद्धार गरिएको छ । मनाङबाट थोरङपास गरी मुस्ताङतर्फ आउँदै गरेका उनीहरुको सेना र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ सकुशल उद्धार गरेको हो । बुधबार मध्याह्न बारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथ र थोरङलापास क्षेत्रमा हिमपात भएको थियो । भारतको केरला बस्ने २९ वर्षीय फानिक टोनी र ३० वर्षीय मित्र बिन्दु हिमपातका कारण बारागुङ मुक्तिक्षेत्र–२ स्थित चिसापानी भन्ने स्थानमा पदमार्ग पहिल्याउन नसकी अलपत्र परेका थिए । उनीहरुको बुधबार साँझ उक्त स्थानबाट सकुशल उद्धार गरिएको नेपाली सेनाको इन्द्रबक्स… पुरा पढौ