नेलम्वो नेपालद्वारा पत्रकारलाई स्वास्थ्य सामाग्री प्रदान


     एभरेस्ट आवाज    
     असाेज ५ गते २०७७ मा प्रकाशित




पोखरा, ३ असोज । स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्वो नेपाल सस्थाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाईरसका विरुद्ध अग्रप्रक्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई सुरक्षीत तवरले काम गर्न सहयोग पु¥याउने उद्देश्यले नेलम्वोले शनिवार एक कार्यक्रमका वीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै सामाजिक दुरी कायम गर्दै माक्स र सेनिटाईजरको प्रयोगले कोरोना भाईरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले नेलम्वो नेपालले गरेको सहयोग प्रति विशेष धन्यवाद व्यक्तगर्दै स्वासथय

सामाग्रीको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । महासंघका सचिव रामप्रसाद तिमिल्सेनाले नेलम्वो नेपालले गरेको सहयोगले पत्रकारहरुलाई सुरक्षीत पत्रकारिता गर्न सहयोग पुग्ने वताए । नेपाल पत्रकार महासंघ कास्कीमा हाल ३ सय एक जना सदस्य रहेका छन्


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।