पोखरा, १९ कात्तिक ।
पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार देउसी भैलो कार्यक्रम–२०८३ आयोजना गर्दैछ ।
समाजले मौलिक लोकसंस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पाल्पामा खेलिने देउसी भैलो पोखरामा प्रस्तुत गर्ने भएको हो ।
उक्त अवसरमा पाल्पाली मौलिक देउसीभैलो कार्यक्रमसहित कलाकारको विभिन्न प्रस्तुति रहनेछ । साथै, मौलिक सोरठी, कौरा, सालैजो र झ्याउरे नृत्य प्रस्तुति रहनेछ । गायकगायिका करण तामाङ, रामजी पौडेल, बसन्ती थापामगर, सीमा सारु, प्रकाश क्षेत्रीले गीत गाउनेछन् ।
कार्यक्रमलाई सिटिजन फर्निचर, न्यूरोडले मुख्य प्रायोजन गरेको समाजका अध्यक्ष श्रीधर पराजुलीले जानकारी दिए । पाल्पा हाउस प्रालि, पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था र पाल्पा कोलोनी कार्यक्रमका सहयोगी संस्था हुन् ।
शनिबार दिउँसो २ बजेदेखि पाल्पा हाउस, न्यूरोडको सभाहलमा कार्यक्रम सुरु हुनेछ । त्यसपछि साँझ ५ बजेदेखि न्यूरोडस्थित सिटिजन फर्निचरको आँगनमा कार्यक्रम प्रारम्भ हुनेछ । पाल्पाली देउसी भैलो कार्यक्रम पोखरामा प्रस्तुत हुँदा पोखरा र पाल्पाबीच आपसमा सांस्कृतिक आदानप्रदानसहित कला, संस्कृतिको संरक्षण हुने भएकाले कार्यक्रमलाई सहयोग गरिएको सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्की बताउँछन् । उनकै पहलमा २ वर्षयता पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा देखाउने गरिएको छ ।
कार्यक्रम संयोजक समाजका वरिष्ठ उपाध्यक्ष केशव नेपालले कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १९ कात्तिक ।पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार देउसी भैलो कार्यक्रम–२०८३…







