प्रहरीले पोखरा महानगरपालिका वडा नं. १६, जोगिमणीबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खट्टिएको प्रहरीको गस्ति टोलीले बुधबार दिउँसो सडक छेउमा बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गस्ति गर्ने क्रममा जोगिमणी पुगेको टोलीले बेवारिसे अवस्थमा रहेको एकनाले भरुवा बन्दुक फेला पारेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले बताए ।
सो विषयमा प्रहरीले थप अनुसन्धान गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा ’युनाइटेड काउन्सिल ट्रफी २०८३’ सुरु भएको छ।…







