पर्यटन ब्यबसायीलाई पलायन हुन नदिन राहत कार्यक्रम ल्याउँछौं ः मुख्यमन्त्री


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित




लामिछानेलाई सम्मान गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन व्यवसायीलाई पलायन हुनबाट रोक्न विशेष कार्यक्रम ल्याउने आश्वासन दिएका छन् । रेवान पोखराको अधिवेसनको उद्घाटन शत्रमा बोल्दै उनले विश्वब्यापी नोभल कोरोना भाइरस (कोभिड–१९)का कारण थला परेको पर्यटन ब्यबसायलाई उकास्न विशेष कार्यक्रम ल्याउनका लागि आफूले पहल गरिरहेको बताएका हुन् । उनले कोरोनाले पर्यटन क्षेत्रमा ठूलो असर पारेको बताए । कोरोनाले अर्थतन्त्रमा क्षेति पु¥याएपनि अब त्योसँग सधै डराएर बस्न नहुने बताउँदै भने,‘कोरोनासंग डराएर लकडाउन गरेर अब बस्नु हुँदैन ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले फेवातालको संरक्षण गर्न सकेमात्रपनि पर्यटनमा उत्साह भर्ने बताए । उनले फेवाताल र लेकसाईडको सौन्दर्यकरण गर्नुपर्नेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले कोभिड–१९ संग लड्दै अघि बढ्नुको विकल्प नभएको बताए ।

रेवान पोखराका सल्लाहकार गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रमा भएको ठूलो लगानी डुब्न नदिन सरकारले पर्यटन व्यवसायीहरुलाई विशेष प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।

यसैबीच, पत्रकार विनोद लामिछाने पर्यटन पत्रकारिता पुरस्कार–२०७७ द्वारा सम्मानित भएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएसनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारद्वारा यसपटक लामिछाने पुरस्कृत भएका हुन् । पुरस्कारको राशि नगद रु २५ हजार सहित सम्मान–पत्र रहेको छ ।
पत्रकारिताको मार्फतबाट पोखराको पर्यटन प्रवद्र्धन एवं विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै लामिछानेलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले रेवान पोखराको २६ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनका अवसरमा आयोजित एक कार्यक्रमका लामिछानेलाई सम्मान गनरेका थिए । विगत दुई दशकदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल लामिछाने हाल आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादकका रुपमा कार्यरत छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।