आज, बडादशैं (नवरात्र)को तेस्रो दिन


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित




बडादशैंको नवरात्र अन्तर्गत आज (सोमबार) तेस्रो दिन।

आज, चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। यो बर्ष कोरोना माहामारीका कारण देवी भगवतीको दर्शन र आराधना गर्न भक्तजनहरुलाई देशभरका शक्तिपीठहरुमा पूजाआजा गर्न निषेध गरिएको छ।

घटस्थापनाका दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी जमरा राखिएको दशैं घरमा लगातार ९ दिनसम्म पूजा आराधना गर्ने परम्परा रहेको छ। देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।