सुलभ सहकारीको नयाँ उपहार योजना


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




पोखराको  जरेबरस्थित सुलभ डिपार्टमेन्टल स्टोर्सले दशैं तिहारको अवसरमा ग्राहकहरुलाई लक्षित गरी नयाँ योजना ल्याएको छ । 

प्रत्येक एक हजारको खरिदमा ग्राहकहरुलाई एउटा उपहार कुपन प्रदान गरिने स्टोर्सले बताएको छ । उपहार कार्यक्रमको नतिजाको घोषणा आउँदो माघको १ गते औपचारीक कार्यक्रमबीच सार्वजनिक गर्ने बताइएको छ।

प्रथम पुरस्कारमा टिभिएसको स्कुटर, द्धितिय पुरस्कार एलसिको वासिङ मेसिन, तेस्रो पुरस्कार फ्रिज, चौथो पुरस्कार एलइडी टेलिभिजन, पाँचौ पुरस्कार माईक्रो वेभन र धेरै मात्रामा सान्त्वना पुरस्कार रहेको छ।

१० वर्ष अगाडीबाट पोखराका पर्यटन व्यवासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेष्टुरेण्ट र दैनिक आवस्यक पर्ने र संपूर्ण घरयासी सामग्रीहरुको सुलभ मूल्यमा विक्रि वितरण गर्दै आएको छ।

यसैबीच, नजिकिदैँ गरेको दशैं  तिहार लगायत महान चाडपर्वको अवसरमा सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेडले बुधबार शुभकामना आदान प्रदान गरेको छ।सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरे । सहकारीका कार्यसमिति सल्लाकार र अन्य शुभेक्छुकहरुले शुभकामना आदान प्रदान गरेका थिए। कार्यक्रमको सञ्चालन सहकारीका सचिब चौबहादुर गुरुङले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।