पर्वत जिल्ला अस्पतालमा उपकरणको सहायताबाट अक्सिजन प्लान्ट बनाइ अक्सिजन उत्पादन गर्न थालिएको छ । बुधवारदेखि अक्सिजन उत्पादन गर्न थालिएकाले अक्सिजनको अभावमा अस्पतालबाट बिरामीलाई अन्यत्र सिफारिस गरेर पठाउनुपर्र्ने समस्या अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त रू।६० लाखको लागतमा सो प्लान्ट जडान गरिएको हो । “अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा वा काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।” उक्त अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले भन्नुभयो, “१५ शैयाको यस अस्पताललाई आवश्यक पर्नेजति र माग भएर आएमा थप अक्सिजन उत्पादन गर्न सक्ने क्षमता प्लान्टको छ ।” अक्सिजन नहुँदा अस्पतालले शल्यक्रियासमेत रोक्नु परेको थियो भन्दै उहाँले अक्सिजन ढुवानी गर्न समस्या पर्दा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता आइपरेको बताउनुभयोे । प्लान्टबाट उत्पादित अक्सिजन पाइपका माध्यमबाट सिधै शैयासम्म पु¥याउने व्यवस्था अस्पताले मिलाएको छ । आवश्यक परे अस्पतालले अक्सिजन उत्पादन गरेर वितरणसमेत गर्न सक्ने भएपनि सिलिण्डरमा भरेर राख्न मिल्ने व्यवस्था अहिले नभएकाले अक्सिजन कम्प्रेसर उपकरणका लागि पनि पहल भईसकेको अध्यक्ष पहाडीले बताउनुभयो । अहिले उक्त अस्पतालमा दैनिक छ सिलिण्डरसम्म अक्सिजन खपत हुदै आएको छ । एक सिलिण्डरमा १००लिटर अक्सिजन हुनेमा उक्त प्लान्टको उत्पादन क्षमता १६ सिलिण्डरसम्म रहेको अस्पतालका प्रमुख चिकित्सक डा।शिशिर देबकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार चिसो याममा अस्पतालमा अक्सिजनको अत्यधिक खपत हुने गरेको र अक्सिजनको व्यवस्थाले जटिल प्रकारका बिरामीको शल्यक्रिया गर्न सहज हुने भएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको रकम फिर्ता गरेको…






