छ महिनामा एक हजार ६७३ महिला हिंसाका घटना


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०७७ मा प्रकाशित




गत छ महिनाको अवधिमा देशभर एक हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको छ । महिला पुनःस्थापना केन्द्र ओरेकको अभिलेखमा यीमध्ये ९० प्रतिशत घटना प्रभावितको आफ्नै समुदाय र परिवारमा भएको छ ।
उक्त तथ्याङ्कका आधारमा सो अवधिमा ४४ सामूहिक बलात्कारसहित ३६७ वटा ९२२ प्रतिशत बलात्कारको घटना छ । यसैगरी ८२५ वटा ९४९ प्रतिशत० घरेलु हिंसाको घटना भएको छ भने १६० वटा ९१० प्रतिशत सामाजिक हिंसाको घटना, ७१ वटा ९४ प्रतिशत हत्याको घटना, ५१ वटा ९३ प्रतिशत बलात्कारको प्रयासका घटना सङ्कलन भएका छन् । साथै १८ वटा ९१ प्रतिशत मानव बेचविखन, ७६ वटा ९५ प्रतिशत यौन दुव्र्यवहार, ६१ वटा ९४ प्रतिशत आत्महत्याका घटना र ३१ वटा अन्य ९२ प्रतिशत घटना भएको ओरेकले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।