गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यलाई फोन गरि कोरोनाको उपचार निःशुल्क गर्ने प्रक्रिया जारी राख्न भनेका छन् । मुख्यमन्त्री गुरुङले आज विहान आचार्यलाई टेलिफोन गरि कोरोनाको निःशुल्क उपचार जारी राख्न भनेका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले शुक्रबार पूर्वाह्न सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संघ मातहत भएपनि गण्डकी प्रदेशकै जनताको उपचारस्थल भएको हुँदा कोभिड–१९ का संक्रमितको निःशुल्क उपचार गर्ने र त्यसको खर्चपर्च सरकारले ब्यहोर्ने र त्यसका लागि गण्डकी प्रदेश सरकारले पहल लिने कुरा मुख्यमन्त्रीज्यूले प्रष्ट गर्नुभयो ।’
संयोजक न्यौपानेले कोरोना संक्रमितको उपचार निःशुल्क हुनुपर्छ र गर्नुपर्छ भन्ने कुरामा प्रदेश सरकार दृढ संकल्पित रहेको मुख्यमन्त्रीको भनाई रहेको उल्लेख गरेका छन् ।
यसैबीच, मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीलाईसमेत भेटेर कोरोनाको उपचार निःशुल्क गर्नुपर्छ भनेको प्रेस संयोजक न्यौपानेले जनाएका छन् । फेसवुक स्टाटसले उनले े अगाडि लेखेका छन्,‘संघले निर्णय सच्याउनुपर्छ भन्ने मुख्यमन्त्रीज्यूको भनाई रह्यो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १९ कात्तिक ।पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार देउसी भैलो कार्यक्रम–२०८३…







