हाम्रा पर्वहरु सामाजिक सद्भावका सुत्रधार हुन् । दशैंको महत्व र महिमा पनि नेपाली समाजमा निकै छ । यो दशैं नेपालको मौलिक पर्व हो । यसको मेरुदण्ड भनेको शक्तिको उपासना हो । यो समय शक्तिको खेती गर्ने बेला हो । दशैंमा मान्यजनको हातबाट टिका प्रसाद ग्रहण गरेर आर्शिवाद लिने गरिन्छ । तर अहिले हामी कसैले नसोचेको अवस्थामा छौ । कोभिड– १९ को असर ज्येष्ठ नागरिकमा बढी हुने भन्ने स्वास्थ्य विज्ञको भनाइले गर्दा पनि अहिलेको अवस्थामा टाढैबाट अग्रज मान्यजनको आर्शिवाद लिनु हाम्रो बाध्यता बन्यो ।
अहिले सरकारले मठमन्दिर बन्द गरेको छ । स्वास्थ्य सतर्कताको कारणले हो भने वित्तिय संस्था, सुपरमार्केट पनि बन्द गर्नुपर्ने हो, बाटोभरी ट्राफिक जाम छ , तर ति क्षेत्र खुला गर्ने तर मठमन्दिर बन्द गर्नु सरकारको विरोधाभासपूर्ण निर्णय हो । धार्मिक आस्थामा विश्वास गर्नेहरु मठमन्दिर र भगवानको अगाडि पुग्दा मानसिक शान्ति प्राप्त गर्छन् । मन्दिरमा विशेष किसिमको दैवी ऊर्जा हुन्छ मनोबल बढाउने शक्ति मन्दिरमा हुन्छ । अहिले धार्मिक मठमन्दिर मात्र किन रोकियो भन्ने एउटा प्रश्न पनि छ । यी यावत् कुरासँगै सबैभन्दा पहिले आफू सुरक्षित रहनु नै अहिलेको आवश्यता हो । हामीसबै सुरक्षित भएर यस बर्षको दशैं मनाऔं ।सम्पूर्णमा शुभकामना ।( प्रा.डा.अधिकारी ब्राम्हण समाज नेपालका संस्थापक अध्यक्ष तथा बिश्व हिन्दू महासंघका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।- सम्पादक )
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।