कार्तिक १३ पोखरा । गण्डकीको कास्कीका २३ जना सहित नवलपुरका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार दिउँसो १ : ४५ बजे स्वास्थ्य निर्देशनालय गण्डकीले एक विज्ञप्ती जारी गर्दै प्रदेशमा संक्रमितको संख्या थपिएको पुष्टि गरेको हो ।
निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा कास्कीको पोखरा महानगरका विभिन्न वडाका २२ जनामा कोरोना संक्रमण देखिएको हो भने बि.पी.कोइराला स्मृती क्यान्स अस्पताल चितवनमा गरिएको नमुना परिक्षणमा नवलपुरका ७ जना र कास्कीका १ जनामा संक्रमणको पुष्टि भएको छ ।
नवलपुरमा थपिने संक्रमितमध्य कावासोतीका ३ जना, गैंडाकोटका २ जना छन् भने २ जनाको पालिका खुल्न सकेको छैन् । यस्तै कास्कीका संक्रमित पोखरा महानगरपालिका–१७ का रहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यो संगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार ३१ पुगेको छ । यसअघि आज नै प्रदेशका गोरखाका २७ जना ,कास्कीका ९ जना, तनहुँका ७ जना, म्याग्दी र नवलपुरका ५–५ जना, पर्वतका २ जना र लमजुङका एक जना गरि ५६ जनामा संक्रमणको पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।