पोखरामा होम आइसोलेसनमा बसेका पुरुषसहित २ को मृत्यू, प्रदेशमा मृतकको संख्या ७५ पुग्यो


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

पोखरामा होम आइसोलेसनमा बसेका एक बृद्धको मृत्यू भएको छ । नोभल कोरोना भाईरसको संत्रमण भएर घरमै होम आइसोलेसनमा बसेका पोखरा महानगरपालिका वडा नम्बर १५ का ८१ वर्षिय पुरुषको शुक्रबार विहान मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनलाई कात्तिक १२ गते कोरोना पुष्टी भएको थियो ।
यसैगरी, स्याङ्जा जिल्ला, वालिङ नगरपालिका वडा नम्बर ५ का ७० बर्षीय महिलाको पनि कोरोनाले मृत्यू भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आई.सि.यु.मा उपचाररत उनको उपचारकै क्रममा मृत्यू भएको निर्देशनालयले जनाएको छ । कोरोनासँगै निमोनिया, क्षयरोगलगायतका समस्याबाट ग्रसित उनको शुक्रबार विहान ८ः३५ बजे मृत्यू भएको निर्देशनालय प्रमुख डा.विनोद विन्दु शर्माले जानकारी दिए । मृतकलाई कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि पछि अस्पताल भर्ना गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।