विश्वमै सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित रहेको अमेरिकामा शुक्रबार अहिलेसम्मकै धेरै ९१ हजारमा कोरोना पुष्टि भएको छ ।
अमेरिकामा एकै दिन कोरोनाले मृत्यु हुनेको संख्यासमेत एक हजार पुगेको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
कोरोना संक्रमणको आँकडा अपडेट गर्दै आएको वल्र्डोमिटरले गएको २४ घण्टामा अमेरिकामा ९८ हजार ५ सय भन्दा धेरै संक्रमित थपिएका र ९ सय ६६ जनाको मृत्यु भएको उल्लेख गरेको छ।
विश्वमा कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ९३ लाख १३ हजार नाघेको छ। कोरोनाले मृत्यु हुनेको संख्या भने २ लाख ३५ हजार पुगेको छ। त्यहाँ ६० लाखले भने कोरोनालाई जितेका छन्।
अहिलेसम्म विश्वभर ४ करोड ५८ लाखमा कोरोना पुष्टि हुँदा ३ करोड ३२ लाख निको भएका छन्। ११ लाख ९३ हजारको भने मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ६३ हजार नयाँ संक्रमित थपिँदा ७ हजारभन्दा धेरैको मृत्यु भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






