
(एक)
अचेल त्यो मन अन्तै कतै डुले जस्तो छ
नयाॅं नयाॅं शिकारमा भुले जस्तो छ,
घण्टाबाट मिनेटमा झरे पछि सत्य
आंखा छोप्ने झुठको पट्टि खुले जस्तो छ ।
(दुई)
पबित्र प्रेम हो पुजा , ख्याल ठट्टा नठान्नु,
आंशुले संसार जलाउंछ सामान्य भट्टा नठान्नु ,
त्याग, समर्पण प्रेमको प्रतिमुर्ति हो नारी,
सस्तो खलौना, ढुंगा गट्टा नठान्नु ।
(तिन)
पूर्णिमाको रात पनि जुनै छैन जस्तो,
तप्प तप्प झरिरहन्छ मुटु मैन जस्तो,
कहिले साम्य होला घाइते मनको महामारी,
तुलसीको मोठ मै पुगि होला चैन जस्तो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।