मातृ शिशु मितेरी अस्पतालमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनमा


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित




प्रभु बैंक लिमिटेडले मातृ शिशु मितेरी अस्पतालमा एक्सटेन्सन काउण्टर सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका १६ बाटुलेचौरमा रहेको यस अस्पतालमा गरिब तथा विपन्न वर्गका जनताले सुविधा लिदै आइरहेका छन् ।सो काउन्टरबाट ग्राहक ले बैंकको सम्पूर्ण सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । काउण्टर को उद्‍घाटन गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर २ क सांसद कृष्ण थापाले गर्नुभएको थियो ।

ए.टि.एम.को उद्‍घाटन भने अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष उषा बरूवाले गर्नुभएको थियो । काउण्टर बाट ग्राहकले ए.टि.एम्. सुविधा पनि पाउने छन् । कार्यक्रममा बैंकका बगर शाखा प्रबन्धक हेमन्तबाबु आचार्य ले बैंकको र ग्राहकले पाउने सेवा सुविधा को बारेमा जानकारी दिनु भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।