अमेरिकी राष्ट्रपति निर्वाचनः जो बाइडेन जितको नजिक


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित




अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन जितको नजिक पुगेका छन् ।

फक्स न्युजका अनुसार जितका लागि २ सय ७० इलेक्टोरल मत आवश्यक पर्नेमा बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ प्राप्त गरेका छन् ।

बाइडेनले राष्ट्रपति चुनाव जित्नका लागि आवश्यक राज्यमा विजयी हुने स्पष्ट भएको उल्लेख गरेका छन्।

मिसिगनमा जित सुनिश्चितअघि संक्षिप्त मन्तव्य दिँदै बाइडेनले मतगणना सकिएपछि आफू विजयी हुने आश्वस्त पारेका छन्।

अन्तिम परिणाम भने एरिजोना, जर्जिया, विसकन्सिन र पेन्सिलभेनियाजस्ता ब्याटलग्राउण्डराज्यका परिणाम आएपछि आउनेछ ।

डोनाल्ड ट्रम्पले ५० राज्यमध्ये २३ राज्यमा जित्ने अनुमान गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।