अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना जारी, बाइडनको अग्रता कायमै, ट्रम्पद्वारा अझै जीतको दाबी


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना जारी छ।

हाल, अमेरिकाको एरिजोना, जर्जिया निभाडा, पेन्सिलभिनियालगायतका महत्वपूर्ण राज्यहरूमा हुलाकबाट आएको मतदानको गणना भइरहेका छन्।

हालसम्मको मत गणनाको परिणाममा रिपब्लिकन पार्टीका उम्मेदवार तथा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनले अग्रतालाई कायमै राखेका छन्।

हुलाकबाट आएको मतदानमा सर्वाधिक ७ करोड १५ लाख मत ल्याएर इतिहास रचेका बाइडनको अग्रता निरन्तर बढी रहेको संचार माध्यमहरुले उल्लेख गरेको छ।

यसैबीच, डेमोक्राटिक पार्टीका उम्मेदवार जो बाइडनले शान्ति र संयमताको कामनासमेत गरेका छन्।

उता, मत गणना जारी रहेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले जितेको दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पले हुलाकबाट आएको मतदानमा व्यापक अनियमितता भएको आरोप समेत लगाएका छन्।

ट्रम्पले उक्त आरोपको समर्थनमा कुनै प्रमाण भने दिएका छैनन्।

राष्ट्रपति ट्रम्पले यो चुनावको अन्तिम फैसल्ला न्यायालयबाट आउन सक्नेसमेत बताउँदै आएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।