अमेरिकी राष्ट्रपति निर्वाचनको दौडमा डेमोक्रेट तर्फका उम्मेद्वार जो बाइडेनले आफ्नो अग्रता कायमै राखेका छन्।
मतगणना भइरहेका राज्यमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन अग्रस्थानमा छन् ।
जर्जिया, नेभादा, पेन्सिलभेनिया, एरिजोना राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पपछि परेका छन्।
ताजा मत परिणामलाई हेर्दा बाइडेन राष्ट्रपति निर्वाचित हुने करिव सुनिश्चित जस्तै देखिएको छ। राष्ट्रपति ट्रम्पले अलास्का र नर्थ क्यारोलिनामा अग्रता कायम गरेका छन्।
गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले बाइडेनले अन्तिमसम्म आफ्नो अग्रता कायम राख्न सक्ने अनुमान लगाइएको छ।
यसैबीच, निर्वाचन अधिकारीहरुले १६ इलेक्टोरल कलेज भएको जर्जियामा पुनः मत गणना गरिने जनाएका छन्।
निर्वाचन मत परिणामका लागि जर्जिया राज्य अहं सावित हुन सक्ने भएको छ। फक्स न्यूजका अनुसार बाइडेनको पक्षमा २ सय ६४ मत पुग्ने प्रष्ट भैसकेको छ भने ट्रम्पको खातामा २ सय १४ इलेक्टोरल मत छ।
यसैबीच बाइडेनले आफू जित्ने निश्चित भए विजेताका रुपमा आफ्नो राज्य डेलाबरमा विजयी मन्तव्य दिने तयारी गरेका छन्।
डेमोक्रेट उम्मेदवार जो बाइडेन अघिल्ला निर्वाचनमा रिपब्लिकनले जितेका राज्यमा विजयी ध्वजा फहराउँदै जीतको घोषणा गर्ने अवस्थामा पुगेपछि विजयी मन्तव्य दिने तयारीमा रहेका छन् ।

उता, पराजयको सम्मुख उभिएका वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने बाइडेनलाई विजय भएको गलत दाबी नगर्न चेतावनी दिँदै विभिन्न राज्यमा मतगणनाका सम्बन्धमा कानुनी प्रक्रिया सुरु भएको स्मरण गराएका छन्। ट्रम्पले आफू कानूनी संघर्षमा जाने बताउँदै आएका छन्।
प्रतिष्पर्धी बाइडेनले जीतको आंकलन गर्दै संक्रमणकालीन कार्यालयसमेत राख्न लागेपछि ट्रम्पले विजयको दावी नगर्न भन्दै चेतावनी दिएका छन्, ‘त्यसको साटो अदालतमा मुद्दा झेल्न तयार बन।’
बाइडेन भने अघिल्लो निर्वाचनमा ट्रम्पले जितेको एरिजोना, जर्जिया, पेन्सिलभानिया, विस्कन्सिन, मिचिगन जस्ता महत्वपूर्ण राज्यको इलेक्टोरल मत आफ्नो पोल्टामा पार्दै राष्ट्रपति कार्यालय ह्वाइट हाउस छिर्न संपूर्ण तयारीतर्फ लाग्दै छन्।
आफ्नो पार्टी रिपब्लिकनका नेताहरुले संकटको यस घडीमा आफूलाई समर्थन नगरेकामा पनि ट्रम्प निकै आक्रोशित देखिएका छन्। ट्रम्पका छोराहरुले समेत पार्टी नेताहरुतर्फ निशाना सोझ्याइरहेका छन्।
राष्ट्रपति कार्यालय छिर्न महत्वपूर्ण मानिएको पेन्सिलभानियामा बाइडेनले बिहीबारदेखि ट्रम्पमाथिको अग्रता बढाउँदै लगेका छन्। ९८ प्रतिशत मत गणना गर्दा बाइडेनले करिब २० हजार मतले ट्रम्पलाई उछिनेका छन्।
पेन्सिलभानियामा पनि बाइडेन अगाडी लागेकाले अब ट्रम्पको जीतको आशा सकिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाउँदै आएका छन्।

गणना हुन बाँकी रहेको मत हुलाकमार्फत् हालिएको मतपत्र भएको र मेल इन बक्समा आएका धेरैजसो मत डेमोक्रेटका पक्षमा देखिएकाले यो राज्यमा पनि बाइडेनले जित्नसक्ने केही सञ्चारमाध्यमले अनुमान लगाएका छन्।
यसअघि रिपब्लिकनहरुको नियन्त्रणमा रहेको मानिएको र मतगणनादेखि नै डोनल्ड ट्रम्पले अग्रता लिइरहेको जर्जियामा १ प्रतिशतभन्दा कम मत गन्न बाँकी रहँदा बाइडेनले अग्रता लिएका थिए।
मतगणना सकिन लाग्दा बाइडेनले एक हजारभन्दा बढी संख्याले अग्रता लिएकाले जर्जियाको १६ इलेक्टोरल मत उनकै पोल्टामा जान सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले अनुमान लगाएका छन्।

जर्जिया गुमाएसँगै ट्रम्पको जीतको सम्भावना सकिएको यसअघि नै सचारमाध्यमहरुले जनाएका थिए। गणना सकिन बाँकी रहेका र तीब्र प्रतिष्पर्धा रहेको भनिएका एरिजोना, नेभदामा पनि बाइडनले नै जित्ने दाबी फक्स न्यूजलगायत संचारमाध्यमले गरेका छन्।
फक्स न्यूजका अनुसार बाइडनको पक्षमा २ सय ६४ मत पुग्ने प्रष्ट भैसकेको छ भने ट्रम्पको खातामा २ सय १४ इलेक्टोरल मत छ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






