अमेरीकी राष्ट्रपतिका उम्मेद्वार जोन बाईडेनले आफू जितको नजिक पुगेको बताएका छन् । मतगणना अन्तिम चरणमा पुग्दा जितको नजिक पुगेका उनले आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै भने,‘म जित्दैछु तर अन्तिम परिणामका लागि केहि समय धैर्य गर्नूस् ।’ उनले आफूले जित्नेमा आफू ढुक्क रहेको बताए । उनले ३ सय ईलेक्ट्रोल भोट ल्याएर आफूले जित्ने उनको दाबी छ । उनले ईतिहासकै सबैभन्दा धेरै मत ल्याएर चुनाव जित्ने ईतिहाससमेत रच्ने दाबी गरेका छन् ।
उम्मेद्वार बाईडेनले मतगणना रोक्ने प्रयास भईरहेपनि आफूले त्यस्तो हुन नदिने दृढता व्यक्त गरेका छन् । हारको नजिक पुगेका ट्रम्पले मतगणना रोक्नका लागि गरेको प्रयासतर्फ संकेत गर्दै उनले भनेका छन्,‘तपाईंको मत गणना भइरहेको छ, केहि मान्छेहरु यसलाई रोक्ने प्रयास गरिरहेका छन् तर म मतगणना कुनैपनि हालतमा हुन दिन्न ।’
उमेद्वार बाईडेनले चुनावमा हारजित भएपनि प्रतिष्पर्धी रुपमा रहेका आफूहरु दुस्मन नभएको बताए । उनले भने,‘हामीबीच कयौं समस्या छन् तर हामी दुस्मन होईनौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।