
घारिपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको पोखरा महानगरपालिका वडा न १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गर्दै सहकारी ऐन र सरकारको निर्देशन अनुसार सहकारीलाई अगाडि बढाऊन सुझाव दिए । उनले सहकारी नाफामुखी नभई उत्पादनमुखी हुनुपर्नेमा जोड दिए । साथै उनले कोभिड–१९ बाट बच्न र बचाउन सबै सदस्यहरु र वडाबासीलाई सुसूचित गर्न पनि सहकारीले भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य तथा सहकारी समितीका सदस्य राधिका शाही योगीले सरकारले विनियोजन गरेको सहयोग र अनुदानको सहकारीले भरपुर सदुपयोग गरी सेयर सदस्यको आर्थिक अवस्था अझ मजबुद बनाउन प्रयास गर्नु पर्ने बताईन ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोकर्ण क्षेत्रीले बार्षिक प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्दै “एक सदस्य एक कागतीको बोट” योजना संचालन गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा सहसचिब बिष्णु जि. सि., लेखा समितिका संयोजक हरिप्रसाद श्रेष्ठ, सल्लाहकार तोयनाथ लम्साल, लिलकाजी गुरुङ, कोषाध्यक्ष गोविन्दनाथ योगीलगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
अध्यक्ष गोकर्ण क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लिलबहादुर घर्तीले गरेका थिए भने स्वागत उपाध्यक्ष कृष्ण कला केसीले गरेको थिइन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।