अमेरिककाको राष्ट्रपतिमा जो बाईडेन निर्वाचित


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित




अमेरिकी राष्ट्रपतिमा जो बाईडेन बिजयी भएका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले जितका लागि २७० ईलेक्टोरल भोट आवश्यक पर्ने भएपनि २७३ ईलेक्टोरल भोट प्राप्त गरेका छन् । उनले समग्रमा ७ करोड ३० लाख भन्दा बढी मत प्राप्त गरेका छन् । जुन अमेरिकी निर्वाचनको ईतिहासमा निर्वाचित राष्ट्रपतिले प्राप्त गरेको ईतिहासकै सबैभन्दा धेरै मत हो ।

बिजयी बाईडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् । यद्वपी उनलाई राष्ट्रपति बन्न कानूनी चुनौति झेल्नुपर्नेछ । पराजित ट्रम्पले चुनावमा धाँधली भएको र मत चोरिएको भन्दै अदालतको ढोका ढकढकाई सकेका छन् । ट्रम्पले निर्वाचन नसकिएको भन्दै नतिजा उल्टिनसक्ने चेतावनी दिदै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।