गण्डकी प्रदेशमा उत्पादनशील (प्रोडक्टिभ) उमेर समूहका सबैभन्दा धेरै संक्रमित भएको पाईएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका संक्रमित मध्ये सबैभन्दा धेरै उत्पादनशील २० देखि ४० वर्ष उमेर समूहमा पर्ने युवाहरु रहेका हुन् । अहिले संक्रमित भएकाहरु मध्ये सबैभन्दा धेरै भर्खरै जागिर शुरु गरेकादेखि जागिर खाएर कमाएको पैसाले घर परिवार चलाउनुपर्ने उमेर समूहका सबैभन्दा धेरै कोरोना संक्रमणबाट प्रभावित भएको तथ्यांकले देखाएको हो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी कोरोना संक्रमित भएा छन् । गण्डकी प्रदेशमा कुल संक्रमितको २७.१८ प्रतिशत संक्रमित २० देखि ३० वर्ष उमेर समूहका रहेका हुन् । त्यसपछि भने ३० देखि ४० वर्ष समूहका सबैभन्दा धेरै संक्रमित भएको पाइएको छ ।
गण्डकी प्रदेशमा हालसम्म कुल ९ हजार १ सय ५८ जना कोरोना संक्रमित भएकोमा २० देखि ३० वर्ष उमेर समूहका २ हजार ४ सय ९० जना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो उमेर समूहका संक्रमित मध्ये १ हजार ७ सय ९९ जना पुरुष र ६ सय ९१ जना महिला संक्रमित भएका छन् ।
गण्डकी प्रदेशमा ३० देखि ४० वर्ष उमेर समूहका २ हजार १ सय ६ जना संक्रमित भएका छन् । जुन कुल संक्रमित संख्याको २२.९९ प्रतिशत हो । सो उमेर समूहका संक्रमित मध्ये १ हजार ६ सय ८ पुरुष र ४ सय ९८ महिला रहेको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा ४० देखि ५० वर्ष उमेर समूहका १ हजार २ सय ६९ जना संक्रमित भएका छन् । यो कुल संक्रमित संख्याको १३.८५ प्रतिशत हो । सो उमेर समूहका संक्रमित मध्ये ९ सय ६६ जना पुरुष र ३ सय ३ जना महिला रहेका छन् ।
गण्डकी प्रदेशमा ५० देखि ६० वर्ष उमेर समूहका ७ सय ५० जना संक्रमित भएका छन् । यो कुल संक्रमित संख्याको ८.१८ प्रतिशत हो । सो उमेर समूहका संक्रमित मध्ये ५ सय २३ जना पुरुष र २ सय २३ जना महिला रहेका छन् ।
त्यस्तै, १० वर्षदेखि २० वर्ष उमेर समूहका ५ सय ६३ जना संक्रमित भएका छन् । यो कुल संक्रमित संख्याको ६.१४ प्रतिशत हो । सो उमेर समूहका संक्रमित मध्ये ३ सय ७८ जना पुरुष र १ सय ८५ जना महिला रहेका छन् ।
यसैगरी ६० वर्षदेखि ७० वर्ष उमेर समूहका ३ सय २२ जना संक्रमित भएका छन् । यो कुल संक्रमित संख्याको ३.५१ प्रतिशत हो । सो उमेर समूहका संक्रमित मध्ये २ सय ९ जना पुरुष र १ सय १३ जना महिला रहेका छन् ।
जन्मेदेखि १० वर्ष उमेर समूहका १ सय ७३ जना संक्रमित भएका छन् । यो कुल संक्रमित संख्याको १.८८ प्रतिशत हो । सो उमेर समूहका संक्रमित मध्ये १ सय जना पुरुष र ७३ जना महिला रहेका छन् ।
यस्तै ७० देखि ८० वर्ष उमेर समूहका १ सय ३४ जना संक्रमित भएका छन् । यो कुल संक्रमित संख्याको १.४६ प्रतिशत हो । सो उमेर समूहका संक्रमित मध्ये ७७ जना पुरुष र ५७ जना महिला रहेका छन् ।
यसैगरी ८० देखि ९० वर्ष उमेर समूहका ४९ जना संक्रमित भएका छन् । यो कुल संक्रमित संख्याको ०.५३ प्रतिशत हो । सो उमेर समूहका संक्रमित मध्ये ३४ जना पुरुष र १५ जना महिला रहेका छन् ।
र सबैभन्दा कम ९० देखि १० वर्ष उमेर समूहका छन् । यो उमेर समूहमा ५ जना पुरुष र २ जना महिलासहित ७ जना संक्रमित रहेका छन् । यो कुल संक्रमित संख्याको ०.०७६ प्रतिशत हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।