महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा बन्दना राणा निर्वाचित भएकी छन्।
सोमबार राति भएको चुनावमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन्। चुनावमा जम्मा १ सय ८९ मतमध्ये राणाले १ सय ३७ मत प्राप्त गरिन्।
समितिको ११ सदस्यीय पदका लागि २० जनाको उम्मेदवारी थियो। दोस्रो कार्यकालमा पनि मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने राणाले बताएकी छन्।
संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति सिडको चालु कार्यसमितिमा पनि राणा सदस्य छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







