इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधिका लागि आज (मंगलबार) दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स फाइनल खेल्ने भएका छन्।
यूएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा खेल बेलुका पौने ८ बजे सुरु हुनेछ।
मुम्बई साविक विजेता टिम हो भने दिल्ली पहिलो पटक आईपीएलको फाइनलमा पुगेको हो।
दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई पराजित गर्दै दिल्ली फाइनल पुगेको हो।
पहिलो क्वालिफायरमा दिल्ली मुम्बईसँगै ५७ रनले पराजित भएको थियो। यस सिजनमा मुम्बईले दिल्लीलाई ३ पटक हराएको छ। मुम्बईले यसअघि ४ पटक आईपीएलको उपाधि जितिसकेको छ।
दिल्लीमा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनमा मैदान उत्रने मौका पाएका छैनन्।
सन् २००८ बाट सुरु भएको आईपीएलको यो १३ औं संस्करण हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






