विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०६ औँ जन्म जयन्तीका अवसरमा ज्येष्ठ नागरिक निःशुल्क उपचार कोषको स्थापना गरिएको छ । ललितपुर महानगरपालिका–१५ महालक्ष्मीस्थानमा रहेको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरले आज सो कोष स्थापनाको घोषणा गरेको हो ।
कोष स्थापनाको शुभारम्भ गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आफूले एक महिनाको तलब त्यसमा राख्ने घोषणा गरे । नेपाली काँगे्रसको नेता समेत रहनुभएका सिंहले गणेशमान ज्येष्ठ नागरिकलाई राज्यले निःशुल्क स्वास्थ्यलगायत सेवा दिनुपर्ने पक्षमा रहनुभएकाले अस्पताल यो सेवा शुरु गर्दा सर्वोच्च नेताप्रति सच्चा श्रद्धासुमन हुने बताए ।
हस्पिटलका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले छोराछोरी विदेश वा स्वदेशमै रहेपनि बाबुआमाभन्दा टाढा रहनेका लागि निःशुल्क उपचार कोषले सहयोग गर्ने बताए । ज्येष्ठ नागरिकका लागि अस्पतालले छिट्टै आयुर्वेद स्वास्थ्य सेवासमेत उपलब्ध गराउने तयारी भइरहेको पनि उनले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






