![]( https://everestawaj.com/wp-content/uploads/2020/10/accident-new.jpg)
गण्डकी प्रदेशमा आज भएको विभिन्न दुर्घटनामा ४ जना घाईते भएका छन् । गण्डकी प्रदेशको विभिन्न ३ ठाउँमा दुर्घटना हुँदा ४ जना घाईते भएका हुन् । गण्डकी प्रदेशको गोरखामा मंगलबार भएको दुर्घटनामा २ जना, तनहुँमा १ र बागलुङमा १ गरी ४ जना घाईते भएका हुन् ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्गाग्दे गाउँपालिका वडा नम्बर ४ मनहरीमा मंगलबार दिउँसो भएको दुर्घटनामा १ जना घाईते भएका छन् । पोखराबाट तनहुँको थर्पु जाँदै गरेको ग.१९प. ७६७ नम्बरको मोटरसाईकल र तनहुँबाट पोखरा आउँदै गरेको ना.६ख.६१४८ नम्बरको ट्रक आपसमा ठोक्किदा मोटरसाईकल चालक कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० का ३६ वर्षिय अकिञ्जन काफ्ले घाईते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ढाडमा चोट लागेका उनको पोखराको मेट्रो सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले बताएको छ । अवस्थामा मध्यम रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
त्यस्तै, बागलुङको गलकोटमा आज भएको दुर्घटनामा एक जना घाईते भएका छन् । बुर्तिबाङबाट हटियातर्फ जाँदै गरेको ध.१प.७८०४ नम्बरको मोटरसाईकल गलकोट नगरपालिका ३ हटियाबजारमा आफै अनियन्त्रित भएर पल्टिदा मोटरसाईकल चालक पर्वत जिल्ला कुश्मा नगरपालिका १ पाङ घर भएका २२ वर्षय सञ्जय विक घाईते भएको प्रदेश प्रहरीले जनाएको छ । नालीमा पल्टेका उनलाई उद्धार गरेर स्थानिय पोलिक्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको प्रहरीले जारी गरेको विवरणमा उल्लेख छ ।
इसैगरी, गोरखाको सिरानचोक गाउँपालिका ४ जरेबगरनजिक भएको दुर्घटामा २ जना घाईते भएका छन् । जरेबगर नजिक चारकाटेबाट नयाँ साँघुतर्फ जाँदै गरेको बा.१७प.३५९९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाईकल चालक र त्यसमा सवार दुबै जना घाईते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गोरखा सिरानचोक गाउँपालिका वडा नम्बर ६ का ५८ वर्षिय बलराम मल्ल र सोहि ठाउँका अन्दाजी ७० वर्षिय रेवतबहादुर मल्ल घाईते भएको प्रहरीले बताएको छ । घाईते मध्ये रेवतबहादुर मल्लको अवस्था चिन्ताजनक रहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जनाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।