हेल्पकोड नेपाल मुग्लिङले चितवनको इच्छाकामना–६ स्थित देवीभन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा भान्छाघर निर्माण गरिदिएको छ । मङ्गलबार एक कार्यक्रममा हेल्पकोड नेपालका कार्यक्रम निर्देशक भरत पाठकले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर प्रजा र प्रधानाध्यापक ज्ञानुदेव पाण्डेलाई विद्यार्थीहरुका लागि खाजा पकाउन प्रयोग गर्न निर्माण गरिएको भान्छाघर विद्यालयलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा इच्छाकामना–६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले हेल्पकोड नेपालले विगत छ वर्षदेखि नै विद्यालयमा विभिन्न सहयोग गर्दै आएको भन्दै हेल्पकोड नेपालका विभिन्न सहयोगले विद्यार्थीलाई विद्यालयसम्म नियमित आउन पे्ररित गरेको बताए । प्रधानाध्यापक पाण्डेले अब विद्यालयले शैक्षिक गुणस्तर सुधारमा जोड दिने प्रतिबद्धता जनाए। उनले आगामी दिनमा पनि सहयोग अपेक्षा गरे। उनले विद्यार्थीका लागि खाजा पकाउने भान्छा नहुँदा बाहिरै पकाएर खुवाउनु पर्ने अवस्थाको अन्त्य भएको भन्दै हेल्पकोड नेपाललाई धन्यवाद दिए । कार्यक्रममा हेल्पकोड नेपालमार्फत विद्यार्थीहरुलाई मास्क, सेनिटाइजर, साबुनलगायत सरसफाइका सामग्री वितरण गरिएको थियो । कक्षा ५ सम्म पढाइने हुने यस विद्यालयमा १३४ चेपाङ बालबालिका अध्ययनरत छन् । विद्यालयमा खाजा कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थीहरु नियमित आउने गरेको प्रधानाध्यापक पाण्डेले बताए । उनले गत आर्थिक वर्षदेखि शिक्षा मन्त्रालयबाट खाजा कार्यक्रम कटौती हुँदासमेत विभिन्न व्यक्ति र संस्थाहरुको सहयोगमा उक्त कार्यक्रमलाई विद्यालयले निरन्तरता दिएको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





